• अजय यादव वियोगी ,बिरगंज ।

    रौतहट न्यूज//देशकै अार्थिक नगरी पर्साको बिरगंजमा जेंवना भोजपुरीया सनेसा बिरगंज ,पर्साको आयोजनामा होली तथा विश्व कविता कविता दिवसको अवसरमा होटेल कुमु पैलेसमा भव्य साहित्यिक कार्यक्रम सम्पन्न भएको छ ।संस्थाका वरिष्ठ सल्लाहकार एवम् हास्यव्यांगत्म कवि अशोक कुशवाहाको अध्यक्ष्ातामा भएको कार्यक्रमको प्रमुख अतिथि बिरगंज महानगरपालिकाका मेयर विजय सरावगी रहनु भएको थियो ।

    विशिष्ट अतिथिहरुमा नेपाल प्रज्ञाप्रतिष्ठानका सदस्य एवम् वरिष्ठ साहित्यकार उमाशँकर द्विवेदी “दधिचि”, नेपाल भोजपुरी प्रतिष्ठान बाराका अध्यक्ष एवम् वरिष्ठ साहित्यकार रामप्रसाद साह ,बाराका वरिष्ठ साहित्यकार बिक्रम साह ,जेंवना भोजपुरीया सनेसाका संरक्षक एवम् यूवा कवि राकेश यादव “मितवा” ,श्याम पटेल ,तबरेज अहमद ,अोमप्रकाश सरार्फ र प्रभु यादव लगायतका रहनु भएको थियो ।१०० जना भन्दा बढीको सहभागितामा कार्यक्रम सम्पन्न भएको संस्थाका अध्यक्ष श्याम सरार्फले बताउनुभयो ।बिरगंज महानगरपालिकाका मेयर एवम् प्रमुख अतिथिको रहनुभएका विजय सरावगीले भोजपुरी भाषाको लागि बिरगंज महानगरपालिका सधैं तत्पर रहने गरेको बताउनु भएको छ ।

    बिरगंजमा भोजपुरी साहित्य प्रतिष्ठानको गठन भईसकेको र यसको घर बनाउनको डिपी अार समेत तयार भईसकेको बताउनु भएको छ ।प्रदेश नम्बर -२ का मुख्यमन्त्री लालबाबु राउतले शिलान्यास गरेको र अब महानगरपालिका र प्रदेश सरकारको बजेटले बिरगंज भोजपुर प्रतिष्ठानको भवन निर्माण गर्ने काम तिव्ररुपमा अगाडि बढाईने मेयर विजय सरावगीले बताउनुभयो ।अबको शैक्षिक सत्र सुरु हनुभन्दा अगाडि कक्षा १ देखि ५ सम्म भोजपुरी किताब समेत लागू गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ ।बिरगंज महानगरपालिकामा रहेका सम्पूर्ण मातृभाषाको संरक्षणको निम्ति अाफू कटिबद्ध रहेको मेयर सरावगीले बताउनुभयो ।अाफ्नो मातृभाषा भोजपुरी नभएपनि अहिले राम्ररी भोजपुरी बोली रहेको छु ,मलाई हिन्दी ,मारवाडी ,नेपाली ,अंग्रेजी ,अवधि र मैथिली भाषा समेत बोल्न कुनै कठिनाइ नहुने गरेको मेयर विजय सरावगीले बताउनुभयो ।सबैको संरक्षण नीति ,नियम बनाएर गर्नुपर्नेको जोड दिदै यसमा सबै सहभागिता हुनु जरुरी रहेको बताउनु भएको छ ।

    वरिष्ठ साहित्यकार उमाशँकर द्विवेदी दधिचीले भोजपुरी भाषाको संरक्षणको निम्ति सबै लाग्नुपर्ने बताउनु भएको छ ।४० जनाभन्दा बढी स्रष्टाहरुले अाफ्ना लेख ,रचना ,कविता प्रस्तुत गरेका थिए ।भोजपुरी विश्वकै अधिकाँश देशमा बोलिने भएकाले यसको संरक्षणका निम्ति सबै लाग्नुपर्ने बेला भएको उपस्थित भएका साहित्यकार हरुले बताएका थिए ।जेंवना भोजपुरीया सनेसाका संरक्षक एवम् यूवा कवि राकेश यादव “मितवा”ले गाउनु भएको भोजपुरी गीत सब केहु के सुन्दर पतोहिया चाहिँ ,बेटी केहु के परहेज होए नाहि ” गीतले सभा हल गुञ्जमान भएका थिए ।त्यस्तै कवियत्री अनिता शाहले गाउनु भएको गजलले सबैलाई मनमुग्ध बनाएका थिए ।श्याम प्रसाद गुप्ता ,सिपु तिवारी ,ज्ञानेन्द्र यादव ,महम्मद अंसारी ,शिल्पी मिश्रा ,ममता यादव ,सरिता यादव लगायतले अा -अाफ्ना रचना वाचन गरेका थिए ।कार्यक्रमको सञ्चालन सञ्चालिका प्रिया मिश्राले गरेकि थिईन ।भनेर हाम्रा सहकर्मी अजय यादव वियोगीले जानकारी दिएका छन् ।