• संवाददाता:- राजकुमार यादव

    रौतहट न्यूज// सङ्घीय मामिला तथा समान्य प्रशासन मन्त्रालयबाट सरुवा भई आएका मौलापुर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत शिवनरायण साहले नगरपालिका र नगरवासीको हितका लागी लाभ हुने विचार र धरण व्यक्त गरेका छ्न्।

    यस जिल्लाको दक्षिणी पश्चिमी भेगमा अवस्थित द्रुत विकासको गतिमा आगडी बढी रहेको मौलापुर नगरपालिकाको आम जन समुदायहरूको आर्थिक,समाजिक,संस्कृतिक,शैक्षिक र जनस्वास्थ्यको अवस्थामा सकरात्मक सुधार ल्याउन नागरिकहरूको समग्र विकासका लागी तिनीहरूको हकहित सुनिश्चित हुने जन कल्यानकारी सेवा भावले जनताको चाहना,इच्छा र अकांक्षा बमोजिम प्रचलित कानुनको परिधी भित्र रही उपलब्धि मुलक कार्य गर्न सदैव तत्पर रहने कुरा प्रमुख प्रशासकीय अधिकृत साहले बताउनु भयो ।

    संधियताको कार्यन्वयनको अभ्यास संगै स्थानीय सरकारको मुलमर्म लाई आत्मासात गरी जनभवनाको कदर गर्दै नागरिकहरूको सल्लाह र सुझाव अनुसार सकरात्मक समन्वय र सहकार्य गरी नगरको विकास रणनीति बमोजिम कार्ययोजना बनाई अघि बढनु पर्ने कुरा वहाले बताउनु भयो।

    सर्वदलिय भावना अनुसार बहुमतको निर्णयलाई कार्यन्वयन गर्दै अल्पमताको समेत उच्च कदर गरी सर्वसहमतिबाट अगाडी बढनु पर्ने कुरा समेत बताए। सबै नागरिकहरूको नगरपालिका रहेको र सबै नागरिकहरू नगरपालिकाका लागी हुनुपर्ने भन्ने भवना जागृत रहनु पर्ने अधिकृत साहको धारणा रहेको छ।

    २०७७ सालको बिजया दशमी तथा शुभ दीपावलीको हार्दिक मंगल मई शुभकमाना व्यक्त गर्दछौ|