-राजकुमार यादव
रौतहट न्यूज़। आम जनता पार्टीका अध्यक्ष तथा पूर्व मन्त्री माननीय प्रभु साह र मौलापुर नगरपालिकाकी नगर प्रमुख रिना कुमारी साह संयुक्त रूपमा एकै दिन ३ ओटा नयाँ भवन उद्घाटन गरेका छन् ।
पछिल्ला एक वर्षयता भौतिक संरचना निर्माणलाई प्राथमिकता दिएको नगरपालिकाले मंगलबार मौलापुर नगरपालिका २ चिरचिरिया स्थित वडा कार्यलय भवन, वडा ५ मौलापुर स्थित वडा कार्यालय , नगर पुस्तकालय , व्यायामशाला तथा योग केन्द्र र ८ कोठे विधालय नवनिर्मित भवनको उद्घाघाटन गरेका हुन् ।
चिरचिरिया वडा कार्यालय भवनमा ६४ लाख नगरपालिका र २५ लाख मधेश प्रदेश सरकारको बजेटबाट सो भवन निर्माण भएको वडाध्यक्ष श्रीभगवान पटेलले जनकारी गराएका हुन् । त्यस्तै मौलापुर नगरपालिका वडा ५ स्थित एउटै भवनमा रहेका वडा ५ का वडा कार्यालय , नगर पुस्तकालय र व्यायामशाला तथा योग केन्द्रको भवन एक करोडको लगतमा निर्माण कार्य सम्पन्न भएको हो । उक्त भवनमा मौलापुर नगरपालिकाले ६० लाख र शहरी विकास बाट ४० लाखको लगतमा निर्माण भएको वडा ५ का वडाध्यक्ष चन्द्रशेखर साहले बताउनु भयो ।
त्यस्तै ठीक १ वर्ष पहिला अर्थात २०७८ साल फाल्गुन १२ गते यसै विद्यालयको लागि मौलापुर नगरपालिकाद्वारा निर्माण सम्पन्न भएको पहिलो ८ कोठे भवनको उद्घाटन सम्पन्न भएको थियो । १ वर्ष नपुग्दै पुनः यस विद्यालयमा ४ करोड १३ लाखको लगानीमा अर्को ८ कोठे नया विद्यालय भवनको निर्धारीत समयमै निर्माण सम्पन्न भएको मौलापुर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले ८ कोठे विधालय भवन उद्घाटन समारोह वीच बताउनु भयो ।
-
मौलापुर नगरपालिका ४ मा एकै घरमा आमा छोरीको शव फेला परे ।
- राजकुमार यादव रौतहट न्यूज़/ रौतहटको मौलापुर नगरपालिका ४ बौधा पतौरामा आमा छोरी सहित दुई जाना मृत अवस्थामा फेला परेको...
- विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरू बिच छलफल।
- कृषि मिटरको महसुल वाडकार्यालयले तिर्ने वडाअध्यक्ष साहको घोषणा
- माधव नारायण नगरपालिकाको पाँचौ नगर सभा सम्पन ,