📝सर्लाही सम्बादाता लक्ष्मण यादव
रौतहट न्यूज़//
सर्लाहीको पर्सा गाउँपालिकामा एक १६ वर्षीया बालिकालाई एक दिनको लागी गाउँपालिकाको अध्यक्ष पदको जिम्मेवारी दिइएको छ।
अधिकारको संरक्षण हामी सबैको जिम्मेवारी” भन्ने नाराका साथ जारी रहेको १६ दिने लैंगिक हिंसा विरुद्ध अभियानको अवसरमा आज(मंगलबार) एक कार्यक्रमको आयोजना गरि गाउँपालिका अध्यक्ष किशुनदेव राय यादवले बाल क्लबका अध्यक्ष अंजली कुमारी साहलाई एकदिने अध्यक्ष पदको प्रमाणपत्र प्रदान गर्दै गाउँपालिका अध्यक्षको कुर्सी हस्तान्तरण गरेका हुन ।
आज भन्दा झन्डै २ महीना पहिला पनि हाम्रो देशमा अनिल कपुरको इन्डियन फिल्म जस्तै १८ वर्षिया स्वस्तिका बख्रेल एक दिनको लागि सिन्धुलीको कमलामाई नगरपालिकाको प्रमुखमा नियुक्त हुनुभएको थियो ।
-
मौलापुर नगरपालिका ४ मा एकै घरमा आमा छोरीको शव फेला परे ।
- राजकुमार यादव रौतहट न्यूज़/ रौतहटको मौलापुर नगरपालिका ४ बौधा पतौरामा आमा छोरी सहित दुई जाना मृत अवस्थामा फेला परेको...
- विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरू बिच छलफल।
- कृषि मिटरको महसुल वाडकार्यालयले तिर्ने वडाअध्यक्ष साहको घोषणा
- माधव नारायण नगरपालिकाको पाँचौ नगर सभा सम्पन ,