रौतहट न्यूज// रौतहटमा पछिल्लो समय दलितहरुको हत्याको श्रृंखला बढ्दै गएको भन्दै दलित अगुवाहरुले विरोध प्रदर्शन गरेका छन्।
रौतहटको गरुडामा दलितहरुको हत्या तथा यातना दिइएको विरोधमा प्रदर्शन गरिएका हो। विजयराम निरञ्जन रामलाई थुनामा यातना दिइएको तथा सुमिन्त्रा देवी बैठाको हत्या गरिएको विरोधमा उनीहरुले नारावाजी गर्दै प्रदर्शन गरेका हुन्।
बहुजन शक्ति पार्टीका अध्यक्ष एवं पूर्व मन्त्री विश्वेन्द्र पासवानको अगुवाईमा निस्केको विरोध याली नगरका विभिन्न भागको परिक्रमा गर्दै कोणसभामा परिणत भएको थियो। कोणसभामा पूर्व मन्त्री पासवानले दलितहरुमाथि भएको अमानविय व्यवहारविरुद्ध कडा संघर्ष गर्ने चेतावनी दिए।
उनले निरञ्जन राम, विजयरामको हत्यारालाई सजाय दिलाउन उच्च अदालतमा मुद्दा दिने तयारी समेत गरिरहेको जानकारी दिए। निर्दोष भएपनि दलित भएकै कारण उनीहरुको हत्या भएको उनको भनाइ थियो।
विरोध प्रदर्शनमा दलित अगुवा जितेन्द्र पासमान सहित सयौँ व्यक्तिको सहभागिता रहेको थियो।
-
मौलापुर नगरपालिका ४ मा एकै घरमा आमा छोरीको शव फेला परे ।
- राजकुमार यादव रौतहट न्यूज़/ रौतहटको मौलापुर नगरपालिका ४ बौधा पतौरामा आमा छोरी सहित दुई जाना मृत अवस्थामा फेला परेको...
- विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरू बिच छलफल।
- कृषि मिटरको महसुल वाडकार्यालयले तिर्ने वडाअध्यक्ष साहको घोषणा
- माधव नारायण नगरपालिकाको पाँचौ नगर सभा सम्पन ,