• राजकुमार यादव

    हिन्दुहरुका महान चाड दिपावली एवं छठ पर्वको अवसरमा आज रौतहटको मौलापुर नगरपालिका ५ मौलापुर बजार क्षेत्रबाट सरसफाइ कार्यक्रम सुरु भएको छ ।

    मौलापुर नगरपालिकाले आयोजना गरेको अभियानमा मेयर रीना कुमारी साहको बिशेष उपस्थितिमा र सामुदायिक प्रहरी सझेदारी कार्यक्रम अन्तरगत प्रहरी ‘मेरो साथी अभियान’ मा ईलाका प्रहरी कार्यालय र मौलापुर बजार परिसरका स्थानिय हरुको आयोजनामा भएको सरसफाइ कार्यक्रम मौलापुर बजार र आईटी चौकमा रहेको नाला, बाटो र पसल वालाहरुले जनचेतना दिँदै सरसफाइ गरिएको प्रहरी निरिक्षक प्रवेश कार्कीले बताए ।

    उक्त सरसफाइ अभियान मौलापुर नगरपालिकाका वडा एक देखी नौ सम्म प्रत्येक वर्ष नगर सफाईं अभियानलाई मेयर साहले निरन्तरता दिदै आएकी छिन् । यस पालि अभियान अन्तरगत रहेका गाउँ ,टोल , मुख्य बजार हुदै छठ घाट सम्म सरसफाइ अभियान चलाउने युवा नेता विवेक साहले बताउनु भयो ।

    सो कार्यक्रममा उपनगर प्रमुख नागेन्द्र यादव , वडा ५ का वडाध्यक्ष चन्द्रशेखर साह , नगर प्रवक्ता चन्देश्वर बैठा , निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबाबु साह , लेखा प्रमुख जयप्रकाश महतो र मौलापुर ईलाका प्रहरीका प्रमुख कार्की लगायतको सहभागीता रहेको थियो ।