Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wordpress-seo domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/rautahatnews/public_html/wp-includes/functions.php on line 6114
श्री माध्यमिक विधालय पथरा बुधरामको ४ कोठे भवन उदघाटन। - Rautahat News

  • राजकुमार यादव

    रौतहट जिल्लाको मौलापुर नगरपालिका-६ पथरा बुधराममा रहेको श्री माध्यमिक बिद्यालयको ४ कोठे नवनिर्मित पक्की भवनको उद्घाटन गरिएको छ ।

    राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत मौलापुर नगरपालिकाद्वारा निर्माण गरिएको सो ४ कोठे पक्की भवनको उद्घाटन एक समारोहका बीच आम जनता पार्टीका अध्यक्ष तथा पूर्व मन्त्री प्रभु साह र मौलापुर नगरपालिकाका नगर प्रमुख रीना कुमारी साहले संयुक्त रूपमा गरेका छन् ।

    वि.सं.२०१४ सलमा स्थापना भएको सो विद्यालयमा रहेको जीर्ण भवनले गर्दा पठनपाठनमा समस्या भइरहेको थियो र उक्त भवनको उद्घाटनले गर्दा पठनपाठनमा सहजता हुने विश्वास नगर प्रमुख साहले व्यक्त गरेकी छिन् ।

    स्थानीय सुरेन्द्र यादव, सर्युग राय यादव लगायतकाहरुले आफ्नो गाउँको बिद्यालयमा नयाँ भवन पाएपछि खुशी ब्यक्त गरेका छन् । विद्यालय व्यवस्थापन समिति तथा मा.वि. पथरा बुधरामका अध्यक्ष विवेक यादवको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत मौलापुर नगरपालिकाद्वारा निर्माण गरिएको ४ कोठे नवनिर्मित भवन करीब ५० लाखको लागतमा निर्माण भएको कुरा उपभोक्ता समितिका अध्यक्ष शिवशंकर यादवले बताए ।

    सो उद्‌घाटन समारोह कार्यक्रममा आम विधार्थी मोर्चाका राष्ट्रिय अध्यक्ष विवेक साह , आम दलित मोर्चाको राष्ट्रिय अध्यक्ष ठागा दास , आम जनता पार्टीका प्रदेश सदस्य रामजनम पसवान , फतुवा विजयपुर नगरपालिकाका मेयर प्रत्यासी विजय यादव निर्विज , वडा २ का वडाध्यक्ष श्रीभगवन पटेल , वडा ३ का वडाध्यक्ष महेश कुशवहा , वडा ५ का वडाध्यक्ष चन्द्रशेखर साह , प्रधानध्यापक राजेश पटेल , विरेन्द्र प्रियादर्शी , दिनेश यादव , रामविन्य साह , रामश्रेष्ठ यादव , युवा नेता लखिन्द्र यादव , शिक्षक शिक्षिका लगायत बिद्यार्थीहरुको उपस्थिति रहेको थियो ।