• ओम प्रकाश यादव
    रौतहटका चर्चित प्रख्यात कमेडियन कलाकार अमरेन्द्र यादव कमेडि च्याम्पीयन सिजन–३ को टप ५ मा पुग्न सफल भएका छन् ।

    कान्तिपुर टेलिभिजनको शो कमेडि च्याम्पीयन सिजन–३ को विजेता बन्न कलाकार यादव विगत केहि महिनादेखी प्रतिस्पर्धा गर्दै आएका छन् । कान्तिपुरबाट प्रसारित कमेडि च्याम्पीयनमा केहि महिना अघि रौतहटमे रहेके बा त माधव माधव कहेके बा भनी एकाएक चर्चामा आएका कलाकार यादव कमेडि च्याम्पीयनको विजेता बन्न कडा मिहिनेत र संघर्ष गर्दै आएका छन् ।
    रौतहटको कटहरिया नगरपालिकाको डुमरिया घर भएका युवा कलाकार अमरेन्द्र यादवले आफना अदभुत हास्यकला, प्रतिभाले कमेडि च्याम्पीयनमा टप १० बाट टप ५ मा पुग्न सफल भएका छन् ।
    आफना कलाको माध्यमले आफना दर्जनौ प्रतिस्पर्धीलाई पछाडि पार्दै कलाकार यादवले टप ५ मा पुगेका छन् । तराइ मधेशबाट कमेडि च्याम्पीयन सिजन–३ मा पुग्ने यादव एक्लो कलाकार हुन ।

    आफना हास्ने र हसाउने कला प्रस्तुत गर्दै निकै प्रतिस्पर्धाका बीच आफु ५ मा पुग्न सफल भएको र अब टप ४ मा पुग्ने लक्ष्य लिएर अगाडि बढेको उनले बताए ।
    टप ५ मा टप १ मा पुगेपछि उनी कमेडि च्याम्पीयन सिजन–३ को विजेता बन्ने छन । कमेडि च्याम्पीयन सिजन–३ को विजेता बन्ने लक्ष्यका साथ आफु मैदानमा उत्रेको बताउँदै कलाकार यादवले सबैको साथ, सहयोग, माया, स्नेह र आर्शिवाद पाए अवश्य विजेता बन्ने बताए
    आफुलाई कमेडि च्याम्पीयन सिजन–३ को विजेता बनाउन उनले खल्ती एपको माध्यमले भोटिंग गरी सहयोग गर्न सबैलाई आग्रह गरे ।
    यसैविच कटहरिया नगरपालिकाका मेयर अजय प्रकाश जयसवालले आज शुक्रवार नगरपालिका कार्यालयमा कलाकार अमरेन्द्र यादवलाई स्वागत गर्दै जीतको अग्रिम बधाई तथा शुभकामना दिएका छन् ।

    कटहरिया नगरपालिकामा घर भएपनि कलाकार यादव काठमाडौं जस्तो ठाउँबाट प्रसारित कान्तिपुर टेलिभिजनको चर्चात शो कमेडि च्याम्पीयन सिजन–३ को टप ५ मा पुग्न सफल भएकोमा आफु निकै गौरवान्वित भएको मेयर जयसवालले बताए
    कलाकार यादवलाइ अधिक भन्दा अधिक भोटिंग गरी कमेडि च्याम्पीयन सिजन–३ को विजेता बनाउन मेयर अजय प्रकाश जयसवालले सबैलाई अनुरोध गरेका छन् ।
    अमरेन्द्र यादव विजेता बनेपछि कटहरिया नगरपालिका सहित जिल्लाकै मान सम्मान बढ्ने र जिल्लाकै नाम हुनेभएकोले यादवलाई विजेता बनाउन सबैले लाग्नुपर्नेमा उनले जोड दिए ।