राजकुमार यादव
मौलापुर नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका एक विशेष समारोह वीच घोषणा गरिएको छ। ‘स्थानीय स्वामित्व र सहभागितामा, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ खोप समन्वय समितिले घोषणा गरेको हो ।
जिल्ला समन्वय समिति रौतहटका सभापति रामअयोध्या यादव र जिल्ला स्वास्थ्य कार्यालयका को.चे. कोल्ड चेनि निरिक्षक अधिकृत अनिल कर्णले पूर्ण खोप सुनिश्चितता घोषणा गर्नुभयो । उत्साह र उमङ्गका साथ काम गरेकोले पूर्ण खोप बनाउन सकिएको र यसलाई निरन्तरता पाउनु ठुलो विषय भएकोले आगामी दिनमा पनि अभियानकै रूपमा सञ्चालन गर्न आवश्यक रहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा पालिकालाई पूर्ण खोप सुनिश्चितता प्रमाणपत्र समन्वय प्रमुख यादवले मौलापुर नगरपालिका प्रमुख रीना कुमारी साहलाई हस्तान्तरण गर्नु भएको थियो । त्यस्तै नगर प्रमुख साहले समन्वय प्रमुख यादवलाई मायाको चिनो प्रदान गरेका हुन् । सो अवसरमा नगर प्रमुख साहले खोप सुनिश्चितता घोषण गर्न सहयोग गर्ने कर्मचारीलाई कदर पत्र प्रदान गरेका छन् ।
उक्त कार्यक्रममा उपनगर प्रमुख नागेन्द्र यादवले सुनिश्चितता घोषण गर्न सहयोग गर्ने कर्मचारीलाई धन्यवाद दिँदै खोपले बालबालिकामा विभिन्न रोगबाट बच्ने प्रतिरोधात्मक क्षमता बढ्ने भएकाले खोपबाट बालबालिकालाई वञ्चित गराउन नहुने बताउनुभयो ।
पहिलो चरणमा पालिकाका सबै वडालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको र हाल सोही तथ्याङ्क र सूचकका आधारमा पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख अच्छेलाल साहले बताए।
पालिकामा ३ वटा स्वास्थ्य चौकी १ बटा पि.एच.सी. र २ वटा दुईवटा अधारभूत स्वास्थ्य चौकी रहेका छन् । साबिकका सोनरनिया , पतौरा , पथरा बुधराम र मर्यादपुर , गरी चार वटा गाविसहरू समेटेर मौलापुर नगरपालिका बनेको हो। यस पालिकाभित्र हाल ९ वटा वडा रहेका छन् ।
उक्त कार्यक्रममा यूनिसेफ जनकपुर प्रतिनिधि रणबहादुर रणा , स्वास्थ कार्यालय रौतहटका जनस्वास्थ्य अधिकृत रामजन्म प्रसाद यादव , वनहट वर्ल्डवाइड संस्थाका जिल्ला संयोजक ओम नरायनण झा तथा स्वास्थ्यकर्मी र जनप्रतिनिधिको उपस्थिति रहेको थियो ।
-
मौलापुर नगरपालिका ४ मा एकै घरमा आमा छोरीको शव फेला परे ।
- राजकुमार यादव रौतहट न्यूज़/ रौतहटको मौलापुर नगरपालिका ४ बौधा पतौरामा आमा छोरी सहित दुई जाना मृत अवस्थामा फेला परेको...
- विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरू बिच छलफल।
- कृषि मिटरको महसुल वाडकार्यालयले तिर्ने वडाअध्यक्ष साहको घोषणा
- माधव नारायण नगरपालिकाको पाँचौ नगर सभा सम्पन ,