• -चन्दन पटेल

    रौतहट न्यूज़// सर्लाही जिल्लाको बलरा नगरपालिका वडा नम्बर ४ बलरा बजारमा आयोजित जनमत पार्टीको सपथग्रहण तथा प्रथम बलरा नगर बैठक भव्यताको साथ सम्पन्न भएको छ ।

    आज शनिवार भएको उक्त नगर बैठक कार्यक्रममा बलरा नगरपालिका वडा नम्बर -७ डुमरियाको वडा अध्यक्ष प्रत्यासी विनोद राउतको नेतृत्वमा माओवादी लगायत विभिन्न पार्टिका २०० सय भन्दा बढि नेता कार्यकर्ताहरु जनमत प्रवेश गरेका छ्न ।

    कार्यक्रममा नगर कमिटिको पदाधिकारी तथा सदस्य साथिहरुलाई शुभकामना सहित अब देखि जनताको हरेको सुख , दु:ख मा साथ रहि आफ्नो परिवार झै सहयोग गर्न यादवले भनेका थिए।

    जनतम पार्टीका केन्द्रिय सदस्य समेत रहेका श्री चन यादवले सर्लाही जिल्लाको जिल्ला इन्चार्ज पदको जिम्मेवारी पाए देखि नै सर्लाही जिल्लामा जनमत पार्टी प्रती जनचासो बढेको छ।

    पार्टीको नगर अध्यक्ष हरिनन्दन यादवले अध्यक्षतामा गरेको सपथग्रहण तथा प्रथम नगर बैठकको कार्यक्रमको प्रमुख अतिथि जनमतका केन्द्रिय सदस्य राकेश मिश्र रहेका थिए भने विशिष्ट अतिथिको रुपमा जिल्लाकै चर्चित जनताको मसिहा जनमतका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज श्री चन यादव उपस्थित भएका थिए।

    कार्यक्रममा आफ्नो मन्तव्य राख्दै कार्यक्रमका प्रमुख अथिती राकेश मिश्रले भने बलरा नगरपालिकामा अब गुण्डा राज समाप्त हुने दिने आइ सकेके छ अनि हामी यो गुण्डा राज लाई अन्तय गर्न जनताको सहयोगले अगाडि बढी सकेका छौ । आउदो निर्वाचनको लागि जनता आफ्नो उमेदवार जनमत पार्टीको श्री चन यादव लाइ अहिले नै चुनी सकेके छ मात्र भोट दिन बाकी छ ।

    यस्तै कार्यक्रमका अधिकास बक्ताहरु श्री चन यादवलाई जिताई बलरा नगरपालिका लाई शिक्षा , स्वास्थय , कृषि क्षेत्रमा उत्कृष्ट बनाउ प्रण लिएका थिए ।