• – प्रेमचन्द्र

    प्रेमचन्द्र झा

    राैतहट न्यूज़ उखु उत्पादक संघले गरुडा नगर पालिका स्थित श्रीराम सुगर मिल्स लिमिटेडको जग्गा विक्री सम्बन्धि चलखेल राेक्ने निर्णय गरेको छ ।

    राैतहटको उखु किसानको ठुलो धराेहरको रुपमा रहेको सुगर मिल्सको जग्गा सम्बन्धित निकायसंग सहयोग लिई बिक्रीमा रोक लगाउने निर्णय भएको ऊखु उत्पादक संघ रौतहटका अध्यक्ष अशोक यादवले बताए । ऊखु उत्पादक संघका अध्यक्ष अशाेक यादवकाे अध्यक्षतामा गरूडामा भएको सर्वदलिय वैठकले श्रीराम सुगर मिल्स ( चिनि मिल मेसिन) र जग्गा समेत बिक्री गर्न नदिने निर्णय गरेकाे हाे ।

    मिल्स व्यवस्थापन पक्षबाट विभीन्न किसिमको चलखेल भईरहेकोले रौतहटको किसान र व्यवसायी मिली यसलाइ रोक्न सम्बन्धीत निकायको ध्यानआकर्षण गराउने भएकोछ ।स्थानिय सरकार,उखु उत्पादक संघ,उधोग वाणिज्यसंघ सहित विभिन्न संघ सस्था,विभिन्न राजनैतिक दलको नेता,युवा,किसान, समाजसेवीले रौतहटका धरोहर श्रीराम सुगर मिल्स ( चिनिमिल मेसिन ) लाइ बचाउनको लागी एकजुट हुन आह्ववान गर्ने बैठकले निर्णय गरेको अध्यक्ष यादवले बताए ।

    सो बैठकमा नेपाली कांग्रेसका नेता सुनिल कुमार यादव , नेकपा एसका नेता वृज किशाेर यादव ,नेकपा एमालेका नेता रामजी साह,सहितका गरुडा नगरपालिका सबै वडा अध्यक्ष , स्थानिय समाजसेवी , व्यापारीकाे साे बैठकमा सहभागिता रहेको थियो ।