• -राजकुमार यादव

    रौतहट न्यूज़ // ईशनाथ नगरपालिकाले वार्षिक रूपमा सरकारी विद्यालयका जेहेन्दार विद्यार्थीहरूलाई विपन्न लक्षित छात्रवृती प्रदान गरिँदै आएको छात्रवृत्ति विहिबार एक कार्यक्रमबीच वितरण गरेको छ ।

    उक्त कार्यक्रममा ईशनाथ नगरपालिकाकी नगर प्रमुख कौशल्या देवी , प्रमुख प्रशासकीय अधिकृत भुदेव झा , शिक्षा शाखा प्रमुख चन्देश्वर प्रसाद यादवले एकिकृत रूपमा लक्षित छात्रवृती २०७८/०७९ मा छनौट भई आएका १७ जाना विपन्न विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको हो । सो छत्रावृत्ति वितरण कार्यक्रममा १७ जाना मध्ये ४ जानालाई १८ हजार र बाकीं रहेको छात्रछात्रालाई ६ हजारको दरले छात्रवृत्ति प्रदान गरेका छन् ।

    नगरपालिकाभित्र सञ्चालित मावि मठ्ठिया , जनता मावि औरैया र जनता मावि डुमरिया परोहामा पढ़दै आएका कक्षा ८ देखी कक्षा १० मा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई १ लाख ५० हजार रकम ईशनाथ नगरपालिकाले प्रदान गरेको शिक्षा शाखा प्रमुख यादवले बताउनु भयो ।

    त्यस्तै यस नगरपालिकाले प्रत्येक वर्ष गरिब विपन्न परिवारका विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्दै आएको हो। गत वर्षमा २६ जाना विपन्न परिवारका विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको थियो । तर यस वर्ष छात्रवृत्ति पाउने विधार्थी संख्या घटेको शिक्षा शाखा प्रमुख यादवले बताए ।

    ईशनाथ नगरपालिकाको नगर प्रमुख कौशल्या देवीनले सबैलाई स्वागत गर्दै पालिकाले आफ्नो सामाजिक दायित्व निर्वाह गर्ने क्रममा शैक्षिक क्षेत्रको विकासका लागि आफ्नो सानो लगानी भएको बताईन् ।