राजकुमार यादव
नेकपा एमालेबाट विद्रोह गरेर रौतहट क्षेत्र नं ३ प्रतिनिधि सभाबाट स्वातन्त्र उम्मेदवारी दर्ता गराएका पूर्व मन्त्री प्रभु साहले अधिकृतको कार्यालय मार्फत निर्वाचन चिन्ह चापा कल पाएका छन्।
साथै वहांको प्यानल प्रदेश सभा रौतहट क्षेत्र न ३ क बाट केशब राय चौधरी र क्षेत्र नं ३ ख बाट कुन्दन कुशवाहा लाई लालटिन छाप प्राप्त भएको छ। नेता साहका अनुसार आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेबाट मधेश प्रदेशमा प्रतिनिधि सभा तर्फ ८ जाना स्वतन्त्र उम्मेदवारी दिएका छन् भने प्रदेश सभा तर्फ १७ जाना स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।
नेकपा एमाले पार्टीले एकलै देश बनाउने विश्वास लिएको थियो र भागभन्डाको राजनिति गर्दैन भनेको थियो तर जसपा संग गठबन्धन गरेको एमालेले बलियो नेता संग विश्वघात गरेको पूर्व मन्त्री साहले अरोप लगए । अध्यक्ष केपी शर्मा ओलीलाई जसपासँग चुनावी तालमेल नगर्न पटकपटक सचेत गराएपनि नमानेकाले एमालेले टिकट दिए पनि उनले रौतहट ३ बाट बागी उम्मेदवारी दिएका हुन्।
देशमा पहाडी – मधेशी बीच साम्प्रदायीकता फैलाउने, मधेशमा भ्रष्टाचारको रेकर्ड तोड्ने र सता कुर्सीको लागि जे पनि गर्ने पार्टी जसपा संग एमालेले घाटी जोडें पछी प्रभु साहले स्वतन्त्र उमेदवारी दिनु भएको हो।
-
मौलापुर नगरपालिका ४ मा एकै घरमा आमा छोरीको शव फेला परे ।
- राजकुमार यादव रौतहट न्यूज़/ रौतहटको मौलापुर नगरपालिका ४ बौधा पतौरामा आमा छोरी सहित दुई जाना मृत अवस्थामा फेला परेको...
- विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरू बिच छलफल।
- कृषि मिटरको महसुल वाडकार्यालयले तिर्ने वडाअध्यक्ष साहको घोषणा
- माधव नारायण नगरपालिकाको पाँचौ नगर सभा सम्पन ,