- राजकुमार यादव
रौतहट न्यूज़// नेपाल विद्युत प्राधिकरण मौलापुर वितरण केन्द्रका कर्मचारीको लापरवाहीले जिल्लाका दर्जनौं गाउँका उपभोक्ताहरु मार्कामा परेका छन । वितरण केन्द्रबाट जथाभावी लाईन काटिदा उपभोक्ताले सास्ति बेहोर्दै आउनु परेको हो ।
विद्युत उपभोक्ताले बेहोर्दै आएको समस्याप्रति विद्युत प्राधिकरण मौलापुरका कार्यलय प्रमुख संदिप कुमार दास र कर्मचारीहरु भने मुकदर्शक बन्दै आएकाछन । बिना जानकारी जुनसुकै बेलामा पनि छिनछिनमा बत्ति जाने, कहिले काही त घन्टौसम्म पनि लाइन काटिने जस्ता समस्याले यस क्षेत्रका सर्वसाधारण उपभोक्ताले बिजुली भएको कुनै महसुश गर्न पाएका छैनन ।
‘घरमा बिजुलीको मिटर छ, महिनैपिच्छे महशुल पनि तिर्नुपर्छ, स्थानीय एक उपभोक्ताले भने तर चाहिएको बेला कहिल्यै पनि विधुत सेवा पाइदैन । उनले राति खाना खाने समयमा जहिले पनि बत्ति काटिने गरेको बताए । विद्युत अनियमितताले गाउँका स्कुलमा पढने बालबालिका सबैभन्दा बढी प्रभावित बनेको पनि उनको भनाइ छ । बत्ति नहुँदा बालबालिकाले राति घरमा बसेर लेखपढ गर्न समेत नपाएको उनीहरुको गुनासो छ । प्राधिकरणका कर्मचारीको लापरवाहीले सीमा नाघेको र गाउँमा विद्युत सेवा अनियमित भएको पनि उनको आरोप छ ।‘मोवाइलमा फोन गर्दा कर्मचारीहरुको फोन नै लाग्दैन, उनले भने, जहिले पनि ब्यस्त छ मात्रै भन्छ ।’ उनले लागि हाले पनि कर्मचारीले फोन नउठाउने गरेको बताए ।
नेपाल विद्युत प्राधिकरण मौलापुर वितरण केन्द्रका कार्यालय प्रमुख दास कार्यालयमा सरुवा भएर आएदेखि यस क्षेत्रमा विद्युत अनियमित हुने र चुहावटको समस्या पनि बढेको स्थानीयको आरोप छ । विद्युत चुहावट नियन्त्रण गर्ने नाममा सर्वसाधरणलाई दुख दिने गरेको पनि उनीहरुको भनाइ छ । ‘रातिको समयमा गाउँमा पसेर वृद्धवृद्धा र महिलालाई हातपात गर्ने र समातेर लैजान्छन, कर्मचारीको दुव्र्यवहारले जनता आक्रोशित हुदै गएका छन ।’
कार्यलयले सर्वसाधारणलाई सचेत गराउन कुनै पनि चेतनामूलक सूचना प्रशारण÷प्रकाशन नगर्ने गरेको पाइएको छ । हुकिंग नियन्त्रणलगायत विद्युत चुहावटको बारेमा सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले कार्यालयमा बर्षेनी ठूलो रकम आउने गरेको भए पनि कर्मचारीले सो रकमको दुरुपयोग गर्दै आएको बताइएको छ ।
-
मौलापुर नगरपालिका ४ मा एकै घरमा आमा छोरीको शव फेला परे ।
- राजकुमार यादव रौतहट न्यूज़/ रौतहटको मौलापुर नगरपालिका ४ बौधा पतौरामा आमा छोरी सहित दुई जाना मृत अवस्थामा फेला परेको...
- विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरू बिच छलफल।
- कृषि मिटरको महसुल वाडकार्यालयले तिर्ने वडाअध्यक्ष साहको घोषणा
- माधव नारायण नगरपालिकाको पाँचौ नगर सभा सम्पन ,