–राजकुमार यादव
रौतहट न्यूज़ // रौतहट जिल्लाको मौलापुरपालिका– २ मा श्री सामुदायिक आधारभुत विधालयको नवनिर्मित ४ कोठे भवन सोमबार उद्घाटन गरिएको छ ।
शहरी विकास तथा भवन निर्माण विभागको वार्गिकरण अनुसार मौलापुर नगरपालिका स्थित चिरचिरियामा ४२ लाखको लगतमा पक्की भवन निर्माण कार्य सम्पन्न भएपछि सोमबार पुर्व मन्त्री तथा नेकपा एमाले स्थायी कमिटी सदस्य प्रभु साह र मौलापुर नगरपालिकाकी नगर प्रमुख रीना कुमारी साहले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
सो विद्यालय भवन निर्माण लागि मौलापुर नगरपालिकाबाट विनियोजन बजेट रु ४२ लाख पुरानो कक्षा कोठाको रंगरोगन , पुराना भवन मर्मत , फुटपाथ निर्माण तथा सौन्दर्यीकरणको लागि रु १५ लाख गरी कूल बजेट रु ५७ लाखको लगतमा सो विद्यालय भवन निर्माण कार्य र रंगरोगन कार्य सम्पन्न भएको मौलापुर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत र ईन्जिनियर रामबाबु प्रसाद साहले बताए ।
विधालयको प्रागनमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि पूर्व मन्त्री प्रभु साह र अतिथिमा नेकपा एमाले जिल्ला अध्यक्ष त्रिभुवन साह ‘ जिल्ला सदस्य ठागा दास , नागेन्द्र साह , मौलापुर नगरपालिकाकी नगर प्रमुख रीना कुमारी साह , उपनगर प्रमुख नागेन्द्र यादव , मौलापुर न.पा . २ का वाडाध्यक्ष श्री भगवान पटेल लगायतका विभिन्न पार्टी का नेता तथा कार्यकर्ताको उपस्तिति रहेको थियो ।
-
मौलापुर नगरपालिका ४ मा एकै घरमा आमा छोरीको शव फेला परे ।
- राजकुमार यादव रौतहट न्यूज़/ रौतहटको मौलापुर नगरपालिका ४ बौधा पतौरामा आमा छोरी सहित दुई जाना मृत अवस्थामा फेला परेको...
- विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरू बिच छलफल।
- कृषि मिटरको महसुल वाडकार्यालयले तिर्ने वडाअध्यक्ष साहको घोषणा
- माधव नारायण नगरपालिकाको पाँचौ नगर सभा सम्पन ,