✍️सर्लाही सम्बादाता लक्ष्मण यादव
रौतहट न्यूज़// मुख्यमन्त्री लालबाबु राउतले मुलुकभरिकै उत्पीडित समुदाय को प्रतिनिधित्व गर्ने एक मात्र पार्टी जनता समाजवादी पार्टी रहेको बताउनु भएको छ ।
सर्लाहीको बरहथवा नगरपालिका वडा १७ को नव निर्मित भवनको उद्घाटन गर्नु हुदै मुख्यमन्त्री राउतले जसपा नेतृत्वको प्रदेश २ सरकाले पछिल्लो ४ बर्षमा गरेको जनपक्षीय कार्यहरुले उत्पीडित बर्गहरुको प्रतिनिधित्व गरि रहेको प्रमाणित गरि सकेको दावी गर्नु भयो ।
उत्पीडित बर्गको उत्थान को लागी प्रदेश सरकारले प्रदेशमा बसोवास गर्ने, दलित, महिला, मुस्लिम, मधेशी, आदिवासी जनजाति लगायतका समुदाय हरुको लागी जनसंख्या को आधारमा प्रतिनिधित्व सुनिश्चित गरि सकेको उहाँले उल्लेख गर्नु भयो ।
प्रदेश सरकारले ल्याएको दलित सशक्ती करण ऐनले दलित हरुको शिक्षा र स्वास्थ्यको ग्यारेन्टी गरेको दावी गर्दै उहाँले कोरोना को कारण अबरुद्ध भएको छोरी शिक्षा विमा चाडै शुरु हुने प्रतिबद्धता समेत गर्नु भएको छ।संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाको निम्त जनता समाजबादी पार्टी र प्रदेश २को सरकार सदैव तत्पर रहेको उल्लेख गर्दै मुख्यमन्त्री राउतले प्रदेश को अधिकार कुण्ठित गर्ने संघीय सरकार विरुद्ध संघर्ष गर्ने एकमात्र प्रदेश २ को सरकार रहेको दावी गर्नु भयो ।
संघीयता समाप्त गर्ने कुत्सित मनसाय बोकेका हरु संघीयता को पहरेदारको रूपमा रहेको प्रदेश-२ सरकार विरुद्ध विभिन्न षड्यन्त्र गरि रहेको उल्लेख गर्नु हुँदै मुख्य मन्त्री राउत ले त्यस्ता व्यक्ति र समूह हरु बाट सचेत रहन आम जनता लाई आग्रह समेत गर्नु भयो ।
राम विश्वास यादव को अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रदेश सभा सदस्य अशोक यादव, संजय यादव, जसपा प्रदेश उपाध्यक्ष राम पृत पासवान, स्थानीय द्रबानन्द झा, जिल्ला सचिव जय प्रकाश यादव सहितका बक्ता हरुले मन्तब्य राख्नु भएको थियो ।
-
मौलापुर नगरपालिका ४ मा एकै घरमा आमा छोरीको शव फेला परे ।
- राजकुमार यादव रौतहट न्यूज़/ रौतहटको मौलापुर नगरपालिका ४ बौधा पतौरामा आमा छोरी सहित दुई जाना मृत अवस्थामा फेला परेको...
- विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरू बिच छलफल।
- कृषि मिटरको महसुल वाडकार्यालयले तिर्ने वडाअध्यक्ष साहको घोषणा
- माधव नारायण नगरपालिकाको पाँचौ नगर सभा सम्पन ,