• रौतहट न्यूज़/ बारा जिल्लाको बारागढी गाउँ पालिकामा हाल सम्म सामाजिक सुरक्षा भता बितरण हुन सकेको छैन । गाउँ पालिका प्रमुख देवदत बछार थारु र प्रमुख प्रशासकिय अधिकृत अमोध चौधरीको लापरबाहीको कारण हाल सम्म सामाजिक सुरक्षा भता बितरण नहुंदा सैयौं परिवार समस्यामा परेका छन ।

    पटक पटक सामाजिक सुरक्षा भता बितरण गर्न सेवाग्राहीले अनुरोध गर्दा पनि बितरण हुन नसकेको बारा गढी गाउँ पालिकाको समाजसेवी तथा बिधायक प्रत्यासी सुरेस बैठाले गुनासो गरेका छन् ।

    प्रमुख प्रशासकिय अधिकृत अमोध चौधरी (फोटो समाजिक संजाल)

    गाउँ पालिका प्रमुख देवदत बछार थारु र प्रमुख प्रशासकिय अधिकृत अमोध चौधरी संग कुरा गर्दा केही सेवाग्राहीको नाम पठाउन छुटेकाले ढिलो भएको स्विकार्दै सामाजिक सुरक्षा भता यो महिना भित्रै बितरण हुने प्रतिक्रिया दिएका छन ।