• -राजकुमार यादव

    रौतहट न्यूज़// रौतहट जिल्लाको मौलापुरमा जन्मेका प्रभु साह एक नेपाली राजनीतिज्ञ हुन्। बिसं २०२८ साल असौज १३ गते मौलापुर नगरपालिका वार्ड ५ मा पूर्वमंत्री साहको जन्म भएको थियो। उनले माओवादीबाट राजनीति सुरु गर्दै नेपाल कम्युनिष्ट पार्टी खारेज भए पछि नेकपा एमाले ओली पक्ष तिर लागेको छ।

    पूर्व मंत्री साह ले विविध आर्थिक, सामाजिक तथा सांस्कृतिक विशेषता र सम्भाव्यता बोकेको यो क्षेत्र नं ३ लाई विकासको गतिमा जोर दिएका छन् । सो क्षेत्रका विभिन्न स्थललाई  विश्वसम्पदाको सुचिमा ल्याउने लगतै प्रयास गर्दै आएका पूर्व मंत्री साहले वर्तमानमा विकास पुरुषको नामले प्रसिद्ध रहेको छ। क्षेत्र नं ३ मा कयौ नेता आए तर जनतालाई विकासबाट वंचित गर्दै निजि स्वार्थ पुरा गरेको यहांको जनताको भनाई छ। कार्य प्रगति विवरण सार्वजनिक गर्ने वार्षिक प्रतिवेदनमा पूर्वमंत्री साहको नेतृत्वमा “एक घरमा एक प्रगति विवरणको चलन साहले क्षेत्र ३ मा प्रथम पटक सुरू गरेको थियो। आफ्नो निर्वाचन क्षेत्रसहित जिल्लामा भएका विकास कार्यक्रम र योजनाहरुलाई सार्वजनिक गर्दै आएका छ्न् । अहिले सार्वजनिक प्रतिवेदनसहित गत आर्थिक वर्षको प्रगति प्रतिवेदन आफ्नो निर्वाचन क्षेत्रका  घर घरमा पुर्याउने योजना रहेको पूर्व मंत्री साहको चर्चा घर-घरमा सार्वव्यापी रहेको छ।

    उनले रौतहट क्षेत्र नं. ३ बाट २०६४ र २०७० सालको संबिधान सभाको निर्वाचनमा निर्वाचित भएका थिए। उनी ओली मन्त्रीपरिषदमा नेपाल सरकारको शहरी विकास मन्त्री पनि बने संविधानसभा निर्वाचन, २०६४ संविधानसभाको चुनावमा उनी उनी ११,६२५ मत ल्याएर गृह जिल्ला रौतहट -३ (निर्वाचन क्षेत्र) बाट निर्वाचित भए। संविधानसभा निर्वाचन २०७० चुनावमा उनी १३, ००९ मत ल्याएर रौतहट -३ (निर्वाचन क्षेत्र) बाट निर्वाचित भए। प्रतिनिधिसभा निर्वाचन, २०७४ मा उनी आफ्नै गाउँबाट प्रतिनिधि सभाको सदस्यको रूपमा निर्वाचित भए। साह २०६८ मा झलनाथ खनाल क्याबिनेट अन्तर्गत कानून र संवैधानिक मामिला मन्त्री पनि थिए, २०७४ मा शेर बहादुर देउवा मन्त्रिपरिषद् अन्तर्गत शहरी विकास मन्त्री र भूमि व्यवस्थापन, सहकारी र गरीबी निवारण मन्त्री पनि थिए ।

    उनले आफ्नो जीवनबाट प्रेरित धेरै पुस्तकहरू लेखे। ती मध्ये केही मधेशी मुक्तिका आधारहरूमेरा यातनाका २७० दिनहरूजनयुद्ध र मधेसी मुक्तिको कार्यदिशा, इत्यादि पुस्तक पनि लेखेका छ्न्।