• ललन यादव

    रौतहट न्यूज़// नेपाली कांग्रेस जिल्ला कार्य समिति रौतहटका साभापति कृष्णा यादवले आज प्रेस वक्तव्य निकालेको छ। राष्ट्रपति विद्या देवी भण्डारी नेपालको संविधान बमोजिम तत्काल प्रधानमन्त्रीमा नियुत्त गर्नुपर्नेमा इन्कार गरी प्रतिनिधि सभाको विश्वास नपाई अल्पतमा परिसकेका र अर्को पटक बहुमत देखाउन नसकने स्वय घोषणा गरिसकेको माननीय के.पि ओलीलाई प्रधानमन्त्रीमा निरन्तरता  दिने कार्य घोर असंविधानिक अधिनायकवादी र सर्वसत्तावादी कार्य भएको प्रति नेपाली काँग्रेस रौतहटका सभापति यादवले आपति जनाएको छ ।

    प्रधानमन्त्री के.पी शर्मा ओलीले संसदबाट तीस दिन भित्र विश्वासको मत लिने नसक्ने भनी मन्त्री मन्त्रीपरिषदबाट निर्णय समेत गराइ राष्ट्रपतिलाइ अर्को सरकार गठनका लागि अनुरोध गरी मार्ग प्रस्तुत गरेका र राष्ट्रपतिबाट अत्यन्तै छोटो समय दिइ अर्को सरकार गठन प्रकियामा तोकिएको समयभित्र नेपाली काँग्रेसका सभापति शेरबहादुर देवाको नेतृत्वमा सरकार गठनका लागि स्पष्ट बहुमत सहित १४९ जना माननीय सँसदहरुको हस्ताक्षर गरि प्रधानमन्त्रीका लागि दाबी प्रस्तुत गरिएको थियो ।

    नेपाली जनता सुतेको बेला मध्यराति मन्त्रिपरिषदको बैठक बसि  राष्ट्रपति र प्रधानमन्त्रीको वदनियतपुर्ण र षडयन्त्रपुर्वक प्रतिनिधि सभाको हत्या गरेको घटना साथै उनीहरु पदको चरम दुरुउपयोग गरी नेपालको संविधान समाप्त गर्न लागेको हुँदा नेपाली काँग्रेस रौतहट यी सबै कार्यप्रति  घोर भतर्सना र निन्दा गरेको छ । नेपाली काँग्रेस रौतहटका सभापति यादवले विज्ञप्ति जारी गर्दै संघीय लोकतान्तिक र नेपालको संविधान रक्षाको लागि सबै लोकतान्त्रिक शक्तिलाई एक जुट भइ राष्टपति र प्रधानमन्त्रीका असंविधानिक अलोकतान्तिक कार्य विरुद्ध राजनैतिक र न्यायिक लडाई तर्फ लागन  सभापति यादवले विज्ञप्ति मार्फत अपिल गरेको छ ।