-अजय यादव वियोगी ,कलैया ,बारा ।
रौतहट न्यूूूज़/
बाराको महागढीमाई नगरपालिकाको बरियारपुरस्थित आधारभूत विधालयमा होली मिलन कार्यक्रम सम्पन्न भएको छ ।राजेश्वर कुश्वाहाको अध्यक्ष्ातामा भएको कार्यक्रमको प्रमुख सुनिलकुमार कुशवाहा रहनुभएको थियो ।
रंगैरंगको पर्व होलीको पावन अवसरमा कार्यक्रम गरिएको हो महागढीमाई नगरपालिका वडा नम्बर -१ मा रहेको महागढीमाई फाण्डेशन नेपालद्वारा अायोजना गरिएको होली मिलन कार्यक्रममा ७० जना भन्दा बढीको सहभागिता रहेको थियो ।होलीको शुभकामना एक अापसमा सट्टासाट्ट गरिएको थियो ।कार्यक्रम रौतहटको गढीमाई नगरपालिकामा रहेका श्री शँकर गुद्दरमाविका शिक्षक एवम् समाजसेवी ज्ञानप्रकाश रौनियार र समाजसेवी ओम नारायण चौरसियाले होली पर्वको बारेमा विशेष चर्चा गरेका थिए । होली मिलन समारोहमा रविराज यादव ,जनकप्रसाद कुशवाहा ,सोनुकुमार गुप्ता ,रमेश साह ,बंजरगी साह ,पुनदेव चौरसिया ,प्रेम यादव लगायतको सहभागिता रहेको थियो विगतमा पनि महागढीमाई फाण्डेशन नेपालले सामाजिक कार्य गर्दै आएको यसपालि पनि होलीको अवसर पारेर शुभकामना आदानप्रदान कार्यक्रम राखिएको फाण्डेशनले जानकारी दिएका छन् ।
प्रमुख अतिथि एवम् संस्थाका संरक्षक सुनिलकुमार कुशवाहाले महागढीमाई नगरपालिकामा यो संस्थाले छुट्टै पहिचान बनाउन खोज्नुको साथै रिति रिवाज बचाउन लागि पर्ने बताउनुभएको छ ।विगत ११ बर्ष देखि अाफू काठमाडौं बस्दै आएको भएपनि जन्मधर्ती बरियारपुर भएकोले यसलाई उन्नति प्रगति तर्फ लागेको देख्ने चाहना रहेको प्रमुख अतिथि कुशवाहाले बताउनुभयो ।विश्व प्रसिद्ध भगवती श्री गढीमाईको चर्चा विश्वमै हुने भएकाले यसको मान मर्दन जोगाउन यो संस्था सधैं तत्पर रहने प्रमुख अतिथि सुनिल कुमार कुशवाहाले बताउनुभयो ।कार्यक्रमको सञ्चालन संस्थाका सचिव जियालाल कुशवाहाले गरेका थिए ।भनेर बाराबाट हाम्रा सहकर्मी अजय यादव वियोगीले जानकारी दिएका छन् ।
-
मौलापुर नगरपालिका ४ मा एकै घरमा आमा छोरीको शव फेला परे ।
- राजकुमार यादव रौतहट न्यूज़/ रौतहटको मौलापुर नगरपालिका ४ बौधा पतौरामा आमा छोरी सहित दुई जाना मृत अवस्थामा फेला परेको...
- विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरू बिच छलफल।
- कृषि मिटरको महसुल वाडकार्यालयले तिर्ने वडाअध्यक्ष साहको घोषणा
- माधव नारायण नगरपालिकाको पाँचौ नगर सभा सम्पन ,