अजय यादव वियोगी
रौतहट न्यूज ।बाराको कोल्हबी नगरपालिका वडा नम्बर -८ नयाँ बस्तीमा रहेको मधुवन सब डिभिजन वन कार्यालयमा कर्मचारी सेवाग्राही मारमा परेका छन् ।प्रशासनिक निकायको ठप्प भएको सेवाग्राहीहरुले बताएका छन् ।
मधुवन सब डिभिजन वन कार्यालयका प्रमुख ललन राउत नहुँदा सेवाग्राही मारमा परेका छन् ।अाज दिउँसो कार्यालयमा कुनै कर्मचारी नभएको दिनेश यादव बताउनुभयो ।कार्यालय प्रमुख देखि सबै कर्मचारी अनुपस्थित भएका कारण कार्यालय कर्मचारीविहिन भएका छन् ।वन कार्यालयमा कार्यरत छठु राम र शशी श्रेष्ठ पनि अनुपस्थित भएकोले प्रशासनिक निकायको चौपट हुन पुगेको सेवाग्राहीहरुको भनाइ रहेको छ ।
कार्यालयमा सेवाग्राही अाएपनि कर्मचारी नहुँदा मारमा पर्ने गरेको सहजौली घर भएका बाबुलाल यादवले बताउनुभयो ।सशस्त्र वन रक्षक र वन रक्षक बाहेक कार्यालमा कोही नभएको स्थानीयबासी उमेश चौधरीले बताउनुभयो ।मधुवन सब डिभिजन वन कार्यालयमा लापरबाही काम हुने गरेकोले केही दिन अगाडि स्थानीयबासी र कर्मचारी बीच झगडा समेत भएका स्थानीयबासीको भनाइ रहेको छ ।बैठकको नाममा कार्यालय नै सुनसान बनाएर गएपनि कसैले ध्यान दिन्न नसकेको स्थानीयबासीको भनाइ रहेको छ ।मधुवन वन कार्यालयमा अाज प्रशासनिक निकाय देख्ने कुनै कर्मचारी नभएको र विशेष कामले सबै जना सिमरा गएको सशस्त्र वन रक्षक विरबहादुर श्रेष्ठले बताउनुभयो ।अाज सबै जना सिमरा गएको र सेवाग्राहीलाई मार पर्न गएको र पत्रकारको पनि जवाफ दिने कोही नभएको सशस्त्र वन रक्षक श्रेष्ठले बताउनुभयो ।
बारामा वन कार्यालयमा यस्ता लापरबाही भएपनि देख्न निकाय कोही नभएको स्थानीयबासीको भनाइ रहेको छ ।मधुवन सब डिभिजन वन कार्यालयका प्रमुख ललन राउतको मोबाइल नम्बर 9808070920 सम्पर्क गर्न खोज्दा पनि प्रतिक्रिया उपलब्ध हुन सकेन। बारामा यसरी कार्यालयको काम हुदा सम्बन्धित देख्ने मौन भए स्थानीयबासीले अाक्रोश व्यक्त गरेका छन् ।भनेर बाराबाट हाम्रा सहकर्मी अजय यादव वियोगीले जानकारी दिएका छन् ।
-
मौलापुर नगरपालिका ४ मा एकै घरमा आमा छोरीको शव फेला परे ।
- राजकुमार यादव रौतहट न्यूज़/ रौतहटको मौलापुर नगरपालिका ४ बौधा पतौरामा आमा छोरी सहित दुई जाना मृत अवस्थामा फेला परेको...
- विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरू बिच छलफल।
- कृषि मिटरको महसुल वाडकार्यालयले तिर्ने वडाअध्यक्ष साहको घोषणा
- माधव नारायण नगरपालिकाको पाँचौ नगर सभा सम्पन ,