रौतहट न्यूज//
आधारभूत स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले मौलापुर नगरपालिकाले आज सोमबार पन्ध्र शय्याको अस्पताल भवनको शिलान्यास गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो चरणमा अस्पताल नपुगेका ३ सय ९६ पालिकामा पाँचदेखि पन्ध्र शय्याको अस्पताल बनाउन लागेको हो ।
पालिका स्तरमा निर्माण हुन लागेका ३ सय ९६ वटा आधारभूत अस्पतालका लागि ५७ अर्ब ९५ करोड ११ लाख रुपैयाँको बजेटको स्रोत सुनिश्चितता भइसकेको छ। जस मध्ये रौतहटको गरूडा नगरपालिका, कटहरिया नगरपालिका,मौलापुर नगरपालिका, परोहा नगरपालिका, राजदेवी नगरपालिका र मधाव नगरपालिका गरी रौतहटमा ६ वटै स्थानीय तहमा ९३ करोड ९४ लाख स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट तसर्थ अनुदान अन्तर्गत विनियोजन भएको छ।
गरूडा नगरपालिका र राजदेवी नगरपालिकामा १० शय्याको र बाकीको ४ स्थानीय तहमा १५ शैयाको आइसोलेसन कक्ष तैयार हुने भएको छ। १० शैयाको आइसोलेसन कक्ष तयार गर्नको लागी १० करोड ८३ लाख ३६ हजार र १५ शैयाको आइसोलेसन कक्ष तयार पार्नको लागी १८ करोड ६ लाख ८२ हजार गरी ६ वटै स्थानीय तहको लागी कुल रकम ९३ करोड ९४ लाख स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बजेट विनियोजन गरेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालायले तोकेको समयमा रौतहटको ४ वाटा स्थानीय तहले आजको कार्यक्रम सम्पन गरेको छ र केही आन्तरिक विवादका कारण राजदेवी नगरपालिका र परोहा नगरपालिकामा आजको कार्यक्रम हुन सकेनन।
शिलान्यास कार्यक्रमकाे अवसरमा नगर प्रमुख रीना कुमारी साह ,नगर उपप्रमुख गौरीशंकर साह, निम्ति प्रशासकीय अधिकृत रामबाबु साह, वडा नम्बर ८ का वडाध्यक्ष बसन्त यादव,वडा नम्बर ९ का वडाध्यक्ष रामलाल साह , वडाध्यक्ष बहिदार राउत,कार्यपालिका सदस्यहरू,भद्रभलादमी,पत्रकारहरू लगायत स्थानीयहरूको उपस्थिति रहेको थियो ।
-
मौलापुर नगरपालिका ४ मा एकै घरमा आमा छोरीको शव फेला परे ।
- राजकुमार यादव रौतहट न्यूज़/ रौतहटको मौलापुर नगरपालिका ४ बौधा पतौरामा आमा छोरी सहित दुई जाना मृत अवस्थामा फेला परेको...
- विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरू बिच छलफल।
- कृषि मिटरको महसुल वाडकार्यालयले तिर्ने वडाअध्यक्ष साहको घोषणा
- माधव नारायण नगरपालिकाको पाँचौ नगर सभा सम्पन ,