हमधेस प्रदेसका मुख्यमन्त्री सतिस कुमार सिंहले राजनिती ,सामाजिक तथा आर्थिक क्षेत्रमा नेतृत्व लिनका लागि आगाडी आउन युवाहरुलाई आह्वान गरेका छन ।
न्यु दियालो युवा क्लबले राैतहट सदरमुकाम गाैरमा आयोजना गरेको राैतहट युवा संवाद २०८१ लाई एक समारोह बिच उदघाटन गर्दै मुख्यमन्त्री सिंहले भविष्यको पिएम,सिएम, मिनिस्टर , सांसद र विधायक सबै तपाईं युवाहरु नै हो भने । ड्रगस लगायत नसालु पदार्थको सेवन गरि आफ्ना भविष्य र जवानीलाई अन्धकार तर्फ धकेलि रहेका युवाहरुलाई जाेगाउन शिक्षित युवाहरुलाई अग्रसरता देखाउन उनले अनुराेध गरेका छन । कुलतमा फसेका युवालाई जोगाउन मधेस सरकार तयार रहेका छन । युवाको उपस्थितिलाई हाैसला बढाउन प्रदेस सरकार लोकसेवा आयोगलाई कृयाशिल बनाएको,प्रदेशमा राेजगारी सृजनाका लागि विभिन्न रचनात्मक कार्य गर्नलागेकाे , राेजगारी वृद्विका लागि हरेक पालिकामा कृषि बजार, मधेसका सबै जिल्लामा माेडर्न स्कुल स्थापना , फिल्म सिटि, एजुकेसन पार्क बनाउने लगायतका कार्य गर्न थालेकाे मुख्यमन्त्री सिंहले बताए ।
युवालाई वैदेशिक राेजगारीमा गएका युवाले पठाएको रेमिटान्सबाट देश चलेको छ भने कुरामा कसैको दुई मत छैन । अब नेपालबाट युवा राेजगारीको शिलशिलामा विदेश जादैन भने अवस्था छैन । तर सीप सिकेका दक्ष युवा ,शिक्षित युवा मात्र विदेस गए मात्र उ सुरक्षित हुन सकछन । कम मानिस गएपनि आएको रेमिटेन्स निरन्तरता पाउंछन ।स्वदेशमा राेजगारीको अवसर प्रदान गरेर मात्र युवालाई विदेशीनबाट राेक्न सकिन्छ ।गाैर नगर प्रमुख शम्भु साहले राेजगारी नपाएको कारण युवाहरु विदेशिन वाध्य भएको बताए । वर्तमान सरकारसंग ठोस भिजन नभएको कारण देश दिन प्रतिदिन हरेक क्षेत्रमा पछाडी परि रहेको बताए ।
आयोजक संस्था एस टुगेर यु कैनका सचिव ओमनाथ ठाकुरकाे अध्यक्षतामा भएको कार्यक्रममा ममता झा , आदर्स सहनी ,आदित्य मिश्र , मोसिमा खातुन सहितले युवाको लागि गर्नु विकास तथा सहयोगको बारेमा प्रकाश पारेका थिए ।
सो अवसरमा मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार संजय यादव, कटहरिया नगर पालिकाका युवा नगर प्रमुख अजय प्रकाश जयसवाल , अधिवक्ता रतिश झा ,माैलापुर नगरपालिकाका मेयर प्रत्यासि राम कल्याण यादव,गरुडा मेयर प्रत्यासि दिपक यादव सहितको उपस्थिति रहेको थियो । यशकाे लगत्तै विभिन्न विषयमा जानकारहरुलाई राखि युवाको भविष्य बारे छलफल गरिएको थियो । कार्यक्रम सञ्चालन अधिवक्ता युवराज मुखियाले गरेका थियो ।
-
मौलापुर नगरपालिका ४ मा एकै घरमा आमा छोरीको शव फेला परे ।
- राजकुमार यादव रौतहट न्यूज़/ रौतहटको मौलापुर नगरपालिका ४ बौधा पतौरामा आमा छोरी सहित दुई जाना मृत अवस्थामा फेला परेको...
- विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरू बिच छलफल।
- कृषि मिटरको महसुल वाडकार्यालयले तिर्ने वडाअध्यक्ष साहको घोषणा
- माधव नारायण नगरपालिकाको पाँचौ नगर सभा सम्पन ,