• राजकुमार यादव

    मौलापुर नगरपालिकाको वडा नं. ८ मा रहेको श्री रामऔतार राय यादव प्राथामिक विद्यालय सोनरनियामा अध्ययनरत बालबालिकालाई पोशाक वितरण गरेको छ। उक्त सामुदायिक विद्यालयप्रति आकर्षण थप्न तथा गुणस्तरीय शिक्षा कायम गर्न प्रोत्साहनस्वरुप नगरपालिकाले विद्यार्थीलाई पोशाक वितरण गरेको हो।

    बुधबार श्री राम औतार राय यादव प्राथमिक विद्यालयमा आयोजित एक कार्यक्रममा युवा नेता विवेक साह र सोही  विद्यालयका प्रधानाध्यापक विरेन्द्र प्रियादर्शीले संयुक्त रूपमा वितरण गरिको पोशाक विधालयमा पढ्दै आएका २ सय ७७ विधार्थीले पाएका छन् ।

    उक्त कार्यक्रममा मौलापुर नगरपालिकाका उपनगर प्रमुख नागेन्द्र यादव , निमित प्रमुख प्रशासकीय अधिकृत रामबाबु साह , वडाध्यक्ष शिवप्रसन यादव , पूर्व वडाध्यक्ष बसन्त कुमार यादव लगाएत स्थानीहरूको बाक्लो उपस्थिति रहेको थियो ।

    सोनरनियाको इतिहासमा स्वर्गिय राम औतार राय यादवले शिक्षाको क्षेत्रमा अग्रसर रहेर श्री जनता माध्यमिक विधालयमा क्यौ योगदान पुऱ्याएको यहाँका स्थानीय हरुले बताउछन् । शिक्षा प्रति अग्रसर रहेका स्वर्गिया यादवको नाउँमा २०६६ सालमा उनकै नामबाट नमाकरण गरी श्री राम औतार राय यादव प्राथमिक विद्यालय संचालनमा आएको प्रधानध्यापक यादवले बताए ।