• रौतहट न्यूज़

    आम जनता पार्टी (आजपा) निकटको आम दलित मोर्चाको मधेश प्रदेश कमिटीको बैठकले दलितहरुको घर निर्माणका लागि संघर्ष गर्ने निर्णय गरेकोछ ।

    रौतहटको चन्द्रपुरमा बसेको उक्त बैठकले आम दलितलाई सम्मान, अधिकार र आवास दिलाउने प्रतिबद्धता सहित गरिब दलितको आवास निर्माणको लागि संघर्ष गर्ने निर्णय गरेको हो । यसअघि आम दलित मोर्चाका अध्यक्ष एवं संघर्ष समितिका संयोजक ठागा दासको नेतृत्वमा रौतहटका प्रमुख जिल्ला अधिकारीलाई विभिन्न मांग साहित ज्ञापनपत्र बुझाएको थियो । जनता अवास कार्यक्रम अन्तरगत निर्माण भईसकेका घरको भुक्तानी एवं अधुरो छोडिएका घरको निर्माण सम्पन्न गर्नुपर्ने, पथरा बुधरामपुरको भकुवा खोलामा अधुरो पुलको काम सम्पन्न गर्नुपर्ने लगायतका माग समितिले गर्दै आएका छन् । तर उच्चित मांग प्रति सम्बन्धित निकायले अहिले सम्म कुनै किसिमको चासो न देखाईएको आम दलित मोर्चाका केन्द्रिय अध्यक्ष ठाग दासले आरोप लगाउनु भयो ।

    आम दलित मोर्चाको केन्द्रिय अध्यक्ष ठागा दासको बिशेष उपस्थितिमा बसेको उक्त बैठकमा आजपाका वरिष्ठ उपाध्यक्ष उपेन्द्र साह, उपाध्यक्ष समिना हुसेन, अशोक लामा, महासचिव त्रिभुवन साह, मधेश अध्यक्ष उमेश कुशवाहा लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।