- राजकुमार यादव
रौतहटको एउटा विद्यालयमा प्यानल बनाएर विद्यालय व्यवस्थापन समितिको निर्वाचन भएको छ। दुई प्यानलमा उठेका उम्मेदवारहरुले चुनाव चिन्हसहित अभिभावक मतदातासित भोट मागेर चुनाव जितेका छन्।
रौतहटको मौलापुर नगरपालिका ६ स्थित श्री माध्यमिक विद्यालय पथरा बुधरामका अभिभावकहरुले विद्यालय व्यवस्थापन समितिको निर्वाचनमा मतदाता बनेर उम्मेदवारहरुलाई मत खसालेका छन्।
उक्त चुनावमा दुई प्यानलमा उम्मेदवारहरुले सहभागी भएकामा एक प्यानलको उम्मेदवार पराजित भएका छन् भने अर्को पक्षको सम्पूर्ण प्यानल नै विजयी भएको छ। जस अनुसार निर्वाचित हुनेमा विवेक कुमार यादव, मनोज ठाकुर, रमिता देवी र सिता देवी रहेका छ्न् ।
निर्वाचन मण्डलका अनुसार विवेक कुमार यादवले ३ सय ६२, मनोज ठाकुरले ३ सय ५४ , सिता देवीले ३ सय ५४ र रमिता देवीले ३ सय ५२ मत प्राप्त गरेका थिए । कुल मत १९ सय ४१ मतदाता रहेको विद्यालयमा ७ सय ५१ मत खसेको थियो ।
प्रतिद्वदी उम्मेदवार भुपेन्द्र जायसवाल ३ सय ५७ , रिकेश्वर यादवले ३ सय ४३ , सिमा देवीले ३ सय ४२ र सिताकुमारी देवीले ३ सय ४२ मत प्राप्त गर्दै पराजित भएका छ्न् ।
विगत केही महिनादेखि विद्यालय व्यवस्थापन समितिको गठनको लागि अभिभावक भेला बोलाउँदा कुनै सहमति हुन सकेको थिएन। पटक पटकको अभिभावक भेलामा सहमति नहुने र विवाद चर्किन थालेपछि अभिभावकहरुको सल्लाह बमोजिम प्रधानाध्यापक राजेश पटेलले मतदानको प्रक्रियामा जाने निर्णय गरेका थिए।
-
मौलापुर नगरपालिका ४ मा एकै घरमा आमा छोरीको शव फेला परे ।
- राजकुमार यादव रौतहट न्यूज़/ रौतहटको मौलापुर नगरपालिका ४ बौधा पतौरामा आमा छोरी सहित दुई जाना मृत अवस्थामा फेला परेको...
- विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरू बिच छलफल।
- कृषि मिटरको महसुल वाडकार्यालयले तिर्ने वडाअध्यक्ष साहको घोषणा
- माधव नारायण नगरपालिकाको पाँचौ नगर सभा सम्पन ,