• राजकुमार यादव

    रौतहटको यमुनामाई गाउँपालिकाले एक कार्यक्रम वीच आठौं गाउँसभा सम्पन्न गरेको छ ।
    स्थानीय सरकार सञ्चालन ऐन अनुसार असार १० गतेभित्र नगरसभा तथा गाउँसभा सम्पन्न भइसक्नुपर्ने व्यवस्थालाई मध्य नजर गर्दै यमुनामाई गाँउपालिकाले असाढ ८ गते शनिवारका दिन सभ्य र भव्यका साथ गाउँ सभा सम्पन्न गरेको हो ।

    उक्त कार्यक्रममा यमुनामाई गाउँपालिका वडा१ का वडाध्यक्ष तथा गाउँपालिका प्रवक्ता नन्दलाल यादवले ३३ करोड ८२ लाख छ हजार नौ सय ९९ रुपैया प्रस्तुत गरेको छ ।
    कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष महमद साउदले भने, ‘सत्ता पक्ष र प्रतिपक्ष नभनी समझदारीका साथ अघि बढ्नुपर्ने आवश्यकता छ ।’ उनले जनताको समस्या समाधानका लागि अघि बढ्नुपर्नेमा जोड दिए ।

    गाउँ सभाको पहिलो बैठकमा एकमुष्ट बजेट प्रस्तुत गरिएको भएपनि त्यसपछिका बैठकमा छलफल गरी बजेटलाई शिर्षकगत रुपमा छुट्याएर नगरसभाले सर्वसम्मत पारित गरेको यमुनामाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामश्रेष्ठ यादवले जानकारी दिए । यस गाउँ सभाले अफ्ना निति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, खेलकुद, भौतिकपूर्वधार, कृषी, पशुपक्षी, खानेपानी तथा सरसफाई, उधोग, वाणिज्य तथा वित्तिय लगाएका क्षेत्रलाई विशेष प्रथमिकता दिएको अधिकृत यादवले बताए ।

    देवाही गोनाही नगरपालिका द्वारा जनहितमा जारी सन्देश ।

    देवाही गोनाही नगरपालिका