ओम प्रकाश यादव
सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत रौतहटको गरुडा नगरपालिकाले आज ४९ जना गरिव घर परिवार अर्थात लाभग्राहीहरुलाई चेक हस्तान्तरण गरेको छ ।
गरुडा नगर प्रमुख कन्थमनि प्रसाद जयसवालले मंगलवार एक कार्यक्रम बीच वडा नम्बर ३ मलाहीटोलका ४९ जना लाभग्राहीलाई पहिलो किस्ता वापत प्रती परिवार ४५ हजार रुपैयाँको दरले चेक हस्तान्तरण गरेका हुन ।
विपन्न नागरिकहरुका खर, पराल, आसवेटस वा यस्तै प्रकृतिका आगो, पानी तथा हुरिबाट सहजै प्रभावित हुन सक्ने अन्य सामाग्रीबाट छाएका घरका छानालाई बिस्थापित गरी जस्तापाताको छाना लगाउन उक्त रकम प्रदान गरिएको हो ।
शहरी विकास मन्त्रालयले गरिब तथा विपन्न समुदायका लागि ल्याएको ‘सुरक्षित नागरिक आवास’ कार्यक्रम अन्तरगत मंगलवार मलाहीटोलका ४९ घर परिवारलाई पहिलो किस्ता स्वरुप ४५ हजार रुपैया बरावरको चेक हस्तान्तरण गरिएको मेयर कन्थमनि प्रसाद जयसवालले बताएका छन ।
फुसले छाएको घर बिस्थापित गरि जस्तापाताको छाना लगाउन पालिकाको तर्फबाट गरिव घर परिवारहरुलाई उक्त रकम उप्लब्ध गराइएको मेयर जयसवालले बताए ।
फुसले छाएको घरमा हरेक वर्ष आगलागि भएर ठूलो जनधनको क्षती हुनेगरेको कारण सरकारले फुसको घरबाट हुने जनधनको क्षती रोक्न फुसको घर बिस्थापित गरि जस्तापाताको छानावला घर बनाउने योजना ल्याएका छन ।
फुसको घरबाट हरेक वर्ष आगलागीको विपत्ती निम्तिने गरेको कारण फुसको छानो विस्तापित गरी जस्तापाता लगाउन यस्तो अनुदान दिइएको मेयर जयसवालको भनाइ छ ।
गरिबिका कारण गरिब तथा विपन्न समुदायलाई फुसको छानामुनि बस्नुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य गर्न गरुडा नगरपालिकाले त्यस्ता परिवारसंग समन्वय र सहकार्य गर्न हरदम तयार रहेको समेत उनले बताए ।
उक्त कार्यक्रममा छनौट भएका लाभग्राहीहरुलाई पहिलो किस्ता वापत रु.४५ हजार उपलब्ध गराइएको नगरपालिकाले जनाएको छ ।
लाभग्राहीहरुले पहिलो किस्ता वापतको रकम बुझी सुरक्षित नागरिक आवास कार्यक्रमको कार्यविधि बमोजिम जस्ताको छाना लगाएपछि प्राविधिकहरुको अनुगमन पश्चात दोश्रो किस्ता वापत रु. ३० हजार रकम उपलब्ध गराइने नगर प्रमुख जयसवालले बताए ।
-
मौलापुर नगरपालिका ४ मा एकै घरमा आमा छोरीको शव फेला परे ।
- राजकुमार यादव रौतहट न्यूज़/ रौतहटको मौलापुर नगरपालिका ४ बौधा पतौरामा आमा छोरी सहित दुई जाना मृत अवस्थामा फेला परेको...
- विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरू बिच छलफल।
- कृषि मिटरको महसुल वाडकार्यालयले तिर्ने वडाअध्यक्ष साहको घोषणा
- माधव नारायण नगरपालिकाको पाँचौ नगर सभा सम्पन ,