• ओम प्रकाश यादव
    जलस्रोत तथा सिचाइ विकास डिभिजन कार्यालय गौर रौतहटका हाकिम र लेखापालले बिना कमिसन लिइ कामै नगर्ने गरेको आरोप लागेको छ ।

    सिचाइ विकास डिभिजन कार्यालय गौर रौतहटका कार्यालय प्रमुख अरूणलाल कर्ण, योजना प्रमुख, इन्जिनियर र लेखापालले १० देखि २० प्रतिशतसम्म कमिसन लिएर योजनाका चिठिहरु धमाधम बाडिरहेको स्थानीयहरुको आरोप छ । कमिसन दिनेलाई मात्र चिठी दिने गरेको र कमिसन नदिनेलाइ कार्यालय प्रमुख कर्णले विभिन्न बहाना बनाएर आल्टाल गर्ने गरेको स्रोतले जनाएको छ ।

    कार्यालय प्रमुख कर्ण लामोसमय देखि कार्यालयमा नबसि कार्यालय भन्दा ४२ किलोमीटर पर चन्द्रनिगाहपुरमा बसेर खुल्याम कमिसन लिएर योजना बेच्ने काम गर्दै आएको व्यापक जनगुनासो रहेको छ् । कार्यालयमा कमिसन लिन सहज नहुने अवस्था देखेर कार्यालय प्रमुख कर्णले कार्यालय भन्दा बाहिर बसेर कमिसनमा लिप्त रहेको बताइएको छ ।

    कमिशन र सेटिङ्गको भरमा मात्र काम गर्ने जलस्रोत तथा सिचाइ विकास डिभिजन कार्यालय गौरका कर्मचारीहरुको रबैयाले रौतहटबासी आजित भइसकेका छन । जसले कमिशन दिदैनन उसलाई चिठी दिन आनाकानी गर्ने गरिएको र कार्यालय प्रमुख कर्णले कार्यालयमा नआई सेटिङ्गमा फाईलहरू बाहिरै मंगाएर तोक लगाउने गरेको स्रोतको दाबी छ । कार्यालय प्रमुख, इन्जिनियर, योजना प्रमुख र लेखापाल सबै जना कार्यालयमा नबस्ने गरेको कारण विभिन्न कामले कार्यालय जाने सेवाग्राही रित्तै हाथ घर फर्किरहेका छन ।

    उनिहरु कार्यालयमा नबस्दा आफुहरुको कामकाज नराम्ररी प्रभावित भइरहेको सेवाग्राहीहरुको गुनासो छ । उनिहरु कहिलेकाहीँ मात्र कार्यालय आउने गरेको र प्राय चपुरमा नै बसेर सेटिङ्हको भरमा काम गर्ने गरेका कारण सेवाग्राहीहरु अनावश्यक दुख भोग्न बाध्य छन । कार्यालय प्रमुख कर्ण सहितका कर्मचारीहरुको गैरजिम्मेवारीपुर्ण रबैयाको विरुद्ध स्थानीयहरु कार्यालयमा ताल्चा लगाइ आन्दोलन गर्ने तयारी गरेका छन । यस सम्बन्धमा सत्य तथ्य बुझ्न कार्यालय प्रमुख कर्णलाई फोन गर्दा उनि संग सम्पर्क हुन सकेन ।

    यसैबिच जनता समाजवादी पार्टी नेपालका नेता एवं मधेश प्रदेशका पुर्व कृषि राज्य मन्त्री योगेन्द्र यादवले कुनै पनि व्यक्तीसंग कमिसन नलिन कार्यालय प्रमुख कर्ण सहितका कर्मचारीलाई चेतावनी दिएका छन । पुर्व राज्य मन्त्री यादवले यश कार्यालयका कर्मचारीहरु कमिसन लिएर योजना खरिद बिक्रि गर्ने गरेको आरोप लगाउदै अब देखि त्यस्तो नगर्न सुझाएका हुन ।

    अबदेखि कसैसँग कमिसन लिएको गुनासो आए त्यस्ता कर्मचारीलाई जन कार्यवाही गर्ने नेता यादवले चेतावनी दिए ।साथै उनले प्रत्येक दिन कार्यालयमा बसेर जनताको काम गर्न पनि कार्यालय प्रमुख कर्णलाई सुझाव दिए । नियमित कार्यालयमा नबस्दा जनताको कामकाज प्रवाबित हुनुका साथै आम जन्ता अनावश्यक दुख भोग्न बाध्य रहेकोले जन्तालाइ कुनै प्रकारको दुख नदिन नेता यादवले कार्यालय प्रमुख कर्णलाई ध्यानाकर्षण गराएका छन ।