• ओम प्रकाश यादव
    रौतहटको गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनि प्रसाद कल्वारले शिवनगरमा नयाँ सडक निर्माण कार्यको आज शिलान्यास गरेका छन

    गौर चपुर सडकखण्ड देखी महादेव मन्दिरलाई जोड्ने अर्को अर्थात दोस्रो सडकको रूपमा मेयर जयसवालले उक्त अनुमानित २५० मिटर भन्दा लामो नयाँ सडक निर्माण कार्यको सुरुवात गरेका हुन ।
    २० औ वर्षदेखि शिवनगरधाममा कसैले पनि नयाँ सडक निर्माण गर्न नसकेको अवस्थामा गरुडा नगर प्रमुख कन्थमनि प्रसाद जयसवालले आज नगरस्तरीय बजेटबाट गौर चपुर सडकखण्ड देखि महादेव मन्दिर जाने नयाँ बाटो निर्माण कार्यको सुरुवात गरेका हुन ।
    मेयर जयसवालको स्कृयातामा इलाका प्रहरी कार्यालय शिवनगरको छेउदेखी पुर्व महादेव मन्दिरको नजिक करिव २५० मिटर भन्दा लामो र १५ देखि २० फिट्सम्म चौडा भएको नयाँ सडक निर्माण हुन लागेको हो ।

    अहिले गौर चपुर सडकदेखि महादेव मन्दिरसम्म जाने एउटा बाटो मात्र भएको हुनाले महादेव मन्दिरको दर्शन गर्न जने भक्तालुहरुको सो बाटोमा बेला बेलामा निकै भिड्भाड हुदैआएकोले स्थानियहरुको आग्रहमा मेयर जयसवालले महादेव मन्दिरसम्म जान अर्को बाटो निर्माण कार्यको सुरुवात गरेपछी स्थानीयहरु निकै खुसी भएका छन ।
    यो सडक निर्माण भएपछि सो बाटोमा मन्दिर जाने व्यक्तिहरुको चाप कम हुने छ भने प्रमुख सडक देखि मन्दिर जान दुइवटा बाटो प्रयोग गर्न पाउनेछन ।
    मेयर जयसवालले आज बिधिवत रूपमा पुजापाठ गरि शिलान्यास गरेसंगै आजैदेखि उक्त सडक निर्माणको काम द्रुत गतिमा अगाडि बढेको छ् ।
    दुइ दशकपछि नयाँ बाटो खोलेर एतिहाशिक काम गरेको भन्दै स्थानीयहरुले मेयर जयस्वालको खुलेर सराहना गरेका छन ।

    सो सडकबाट ३० भन्दा बढी घरपरिवारका सयौ व्यक्ति लाभान्वित हुने छन भने मन्दिरमा दर्शन गर्न जाने लाखौ दर्शनार्थीलाई सहज हुने भएको छ ।
    शिलान्यास कार्यक्रममा नगर प्रमुख जयसवाल संग वडा नम्बर ५ का वडा अध्यक्ष रामबिनोद जयसबाल, वडा नम्बर १ जयनगरका वडा अध्यक्ष शेख वहाव लगाएतका ब्यक्तिहरुको उपस्थिति रहेको थियो ।