ओम प्रकाश यादव
रौतहटको महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र गरुडाबाट पछिलो समय पीडितहरु झन पीडित हुन थालेका छन् ।
महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र गरुडाका प्रमुख फुलमाया देवीको गैरजिम्मेवारीपूर्ण रबैया र व्यवहारका कारण पीडितहरु न्याय पाउनुको सट्टा झन पीडित बन्दै गएको पाइएको छ ।
आर्थिक चलखेल, जनप्रतिनिधि र राजनीतिक दलका नेताहरुको अनावश्यक दबाबमा परेर केन्द्र प्रमुख फुलमायाले एकपक्षीय ढंगले काम गरी पीडितलाई झन पीडित बनाउने र पीडकलाई उन्मुक्ति दिने काम गरिरहेको पीडितहरुले गुनासो गरेका छन्।
फुलमायाको गैरजिम्मेवारीपूर्ण रबैयाका कारण विभिन्न हिंसा र समस्यामा परेका महिलाहरुले महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र गरुडाबाट न्याय नपाई रित्तैहाथ घर फर्किन बाध्य भइरहेकी छिन ।
खासगरी गाउँघरमा महिलामाथी हुने घरेलु हिंसा, यौनशोषण, यौनदुराचार, बलात्कार लगाएत समस्यालाई लिएर पीडितले अदालतको ढोका ढकढक्याउन नपरोस र यी समस्याहरु महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रबाट नै समाधान होस भन्ने उद्देश्यले सरकारले जिल्लाको मध्य भाग गरुडामा महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र स्थापना गरेको छ ।
घरेलु हिंसा, बालविवाह, चेलीबेटी बेचबिखन, यौनशोषण, यौनदुराचार, बलात्कार, बालश्रम तथा शोषण र बँधुवा मजदुर जस्ता अपराध तथा शोषणबाट पीडित महिला तथा बालबालिकाहरूलाई न्यायको पहुँच दिलाउन सहयोग गर्ने जिम्मेवारी महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रले पाएको छ ।
तर महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र गरुडाबाट न्यायको आस लिएर जाने पीडितहरु न्याय नै नपाइ उल्टै थप पीडित भएर रित्तैहात घर फर्किने गरेका छन् ।
पीडककलाई कार्यवाही गर्नु र पीडितलाई न्याय दिलाउनुको सट्टा इन्चार्ज असई फुलमाया देवीले उल्टै पीडितलाई थर्काउने, धम्क्याउने र पीडितको कुरै नसुन्ने जस्ता कारणले पीडितहरुले न्याय पाउनबाट बञ्चित हुने गरेको बताइएको छ ।
घरेलु हिंसा, यौनशोषण वा अन्य समस्या लिएर केन्द्रमा जाने महिलालाई असई फुलमायाले पञ्चायती अर्थात छलफलको माध्यमले न्याय दिलाउने गर्छिन ।
पञ्चायतीमा गल्ती गर्ने वा पीडक पक्षले आफनो गल्ती ढाकछोप गर्न गाउँका वडा अध्यक्ष देखी लिएर अन्य समाजसेवी व्यक्तिहरु लगाएत ठुलो संख्यामा मान्छेहरु लिएर गएको हुन्छ तर धेरै पीडितले आफुलाई साथ दिने मान्छे नपाएर थोरै मान्छे लिएर गएको हुन्छ ।
यस्तो अवस्थामा मध्यस्कर्ता गर्ने प्रहरी संगठनका जिम्मेवारी व्यक्तिले ठुलो जमातको पछि नलागी पक्ष विपक्षी नहेरी वा कसैको दबाव प्रभावमा नपरी वास्तविक पीडित को हो पहिचान गरी उसलाई न्याय दिलाउने भूमिका खेल्नुपर्ने हो ।
तर महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र गरुडाकी प्रमुख फुलमाया देवीले गलत सही नै नछुटयाइ गाउँका पंच मुखियाले गर्ने निर्णयलाई नै सदर गर्ने गरेका कारण पीडितहरु न्याय पाउनबाट बञ्चित हुने गरेका छन् ।
केन्द्र प्रमुख फुलमाया देवीले राजनीतिकर्मीहरुको दबावमा परेर पीडितलाई धम्क्याएर र थर्काएर बलजबरजस्ती गलत हो भनी स्वीकार गर्न लगाउने गरेको पीडित महिलाहरुको गुनासो छ ।
यस विषयमा असइ फुलमाया देवीसंग कुरा गर्दा पीडितहरुको आरोप निराधार रहेको बताएकी छन । पीडितलाइ न्याय दिलाउने सवालमा आफू निकै गम्भीर नै रहेको उनले बताइन । आफू कसैको दबाब प्रभावमा नपरि निष्पक्ष रूपमा पीडितलाई न्याय दिलाउने काम गर्दै आएको अवस्थामा केही व्यक्तीले आफुमाथी निराधार आरोप लगाएर बदनाम गर्न खोजेको उनले बताइन ।
फुलमायाले आफुहरुको कुरै नसुन्ने र पंच मुखियाले जे भन्यो उसैको कुरा मान्ने जस्ता कारणले आफुहरु महिला सेल गरुडाबाट झन पीडित बन्न पुगेको उनिहरुले दुखेसो गरिन ।
पर पुरुषबाट यौनशोषणको सिकार भएकी गढिमाई नगरपालिका–६ की एक विवाहित महिलाले असई फुलमाया देवीको कारण आफु महिला सेल गरुडाबाट न्याय नपाएको गुनासो गरेकी छन् ।
आफुलाई यौन शोषण गर्नेलाई कार्यवाही स्वरुप गाउँका पंच मुखियाले दण्डजुरुवाना गर्ने निर्णय गरेको भएपनि आर्थिक चलखेल र नेताको दबावका कारण महिला सेल प्रमुख फुलमायाले पंचमुखियाले गरेको निर्णय कार्यान्वयन नगराएको पीडित महिलाले दुखेसो गरिन ।
फुलमाया देवीकै रोहवरमा पंच मुखियाले क्षतिपुर्ति स्वरुप केटापक्षबाट आफुलाई दण्ड दिलाउने निर्णय गरेको र त्यो निर्णय कार्यान्वयन गराउन आग्रह गर्दा फुलमाया देवीले त्यो निर्णय कार्यान्वयन गराउन सक्दिन अदालत जानु भनी उल्टै गैरजम्मिेवारीपूर्ण जवाफ दिएको पीडित महिलाको भनाई छ ।
महिला सेल गरुडाले समेत न्याय नदिएको र आफु निकै गरिव रहेको कारण अदालत गएर मुद्दा लड्न सक्ने अवस्था समेत नरहेकोले आफु अब कहाँ गएर न्याय पाउने भनी पीडित महिलाले प्रश्न गरेकी छिन् ।
ति महिला एउटा उदाहरण मात्र हुन उनी जस्ता अझै कयौ महिलाले महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र गरुडाबाट न्याय नपाइ न्यायका लागि अदालतको ढोका ढकढक्याउन बाध्य छिन् ।
विद्यमान लैङ्गिक विभेदका कारण महिला तथा निम्न वर्गका बालबालिकाहरू हिंसाको सिकार भइरहेका छन् । नेपाली समाज परम्परागत मूल्यमान्यता र संस्कृतिमा बढी विश्वास गर्ने हुँदा महिलाविरुद्ध अत्यधिक हिंसा हुने गर्छ ।
गरिब, निमुखा र दलित महिलाहरूमाथि अनेक प्रकारको हिंसा भएका छन् । महिला, बालबालिका तथा ज्येष्ठ नगरिकहरूले आफ्नो घरपरिवारदेखि समुदाय, बजार, कार्यस्थल, सेवाप्रदायक संस्था र राज्य स्तरबाट विभिन्न प्रकारका हिंसा र अपमानको सामना गरिरहेका छन् ।
पितृसत्तात्मक सामाजिक संरचना र लैङ्गिक पूर्वाग्रही सोचका कारण हिंसापीडित महिला र बालबालिकाहरू न्यायबाट वञ्चित भएका छन् भने कतिपय अवस्थामा सामाजिक लाञ्छना सहन बाध्य छन् ।
-
मौलापुर नगरपालिका ४ मा एकै घरमा आमा छोरीको शव फेला परे ।
- राजकुमार यादव रौतहट न्यूज़/ रौतहटको मौलापुर नगरपालिका ४ बौधा पतौरामा आमा छोरी सहित दुई जाना मृत अवस्थामा फेला परेको...
- विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरू बिच छलफल।
- कृषि मिटरको महसुल वाडकार्यालयले तिर्ने वडाअध्यक्ष साहको घोषणा
- माधव नारायण नगरपालिकाको पाँचौ नगर सभा सम्पन ,