राजकुमार यादव
रौतहटको गढीमाई नगरपालिका सोमबार एक विशेष समारोह वीच पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ। ‘स्थानीय स्वामित्व र सहभागितामा, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ खोप समन्वय समितिले घोषणा गरेको हो ।
जिल्ला समन्वय समिति रौतहटका सभापति रामअयोध्या यादव र जिल्ला स्वास्थ्य कार्यालयका को.चे. कोल्ड चेनि निरिक्षक अधिकृत अनिल कर्णले पूर्ण खोप सुनिश्चितता घोषणा गर्नुभयो । उत्साह र उमङ्गका साथ काम गरेकोले पूर्ण खोप बनाउन सकिएको र यसलाई निरन्तरता पाउनु ठुलो विषय भएकोले आगामी दिनमा पनि अभियानकै रूपमा सञ्चालन गर्न आवश्यक रहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा पालिकालाई पूर्ण खोप सुनिश्चितता प्रमाणपत्र समन्वय प्रमुख यादवले गढीमाई नगरपालिका प्रमुख श्याम प्रसाद यादवलाई हस्तान्तरण गर्नु भएको थियो । सो अवसरमा नगर प्रमुख साहले खोप सुनिश्चितता घोषण गर्न सहयोग गर्ने कर्मचारीलाई कदर पत्र प्रदान गरेका छन् । उक्त कार्यक्रममा उपनगर प्रमुख स्मिता कुमारी यादवले सुनिश्चितता घोषण गर्न सहयोग गर्ने कर्मचारीलाई धन्यवाद दिँदै खोपले बालबालिकामा विभिन्न रोगबाट बच्ने प्रतिरोधात्मक क्षमता बढ्ने भएकाले खोपबाट बालबालिकालाई वञ्चित गराउन नहुने बताउनुभयो ।
पहिलो चरणमा पालिकाका सबै वडालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको र हाल सोही तथ्याङ्क र सूचकका आधारमा पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख योगेन्द्र साहले बताए।
पालिकामा ३ वटा स्वास्थ्य चौकी तथा ६ वटा दुईवटा अधारभूत स्वास्थ्य चौकी रहेका छन् । साबितका समनपुर , धर्मपुर , मदनपुर , गम्हरिया पर्सा , बरियारपुर गरी , र संग्रामपुर गरी पाँच वटा गाविसहरू समेटेर गढीमाई नगरपालिका बनेको हो। यस पालिकाभित्र हाल ९ वटा वडा रहेका छन् ।
उक्त कार्यक्रममा गढीमाई नगरपालिका प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादव , प्रशासन शाखा प्रमुख नागेन्द्र राय यादव , समाजिक विकास शाखा प्रमुख हरेन्द्र साह तथा ९ वडाका वडाध्यक्ष लगायत डब्लु. एच. ओ.को प्रतिनिधि आशा चौधरी र स्वास्थ्यकर्मी , जनप्रतिनिधिको उपस्थिति रहेको थियो ।
रौतहटका १८ पालिका मध्ये १७ वटा पालिका पूर्णखोप घोषणा सम्पन्न भएको छ भने कटहरिया नगरपालिका पूर्ण खोप घोषणा जेष्ठ २ गते हुने भएको छ ।
-
मौलापुर नगरपालिका ४ मा एकै घरमा आमा छोरीको शव फेला परे ।
- राजकुमार यादव रौतहट न्यूज़/ रौतहटको मौलापुर नगरपालिका ४ बौधा पतौरामा आमा छोरी सहित दुई जाना मृत अवस्थामा फेला परेको...
- विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरू बिच छलफल।
- कृषि मिटरको महसुल वाडकार्यालयले तिर्ने वडाअध्यक्ष साहको घोषणा
- माधव नारायण नगरपालिकाको पाँचौ नगर सभा सम्पन ,