• -ओम प्रकाश यादव
    रौतहट न्यूज़// मधेस प्रदेशका प्रहरी प्रमुख डिआईजि यज्ञ विनोद पोखरेल र गरुडा नगरपालिकाका मेयर कन्थमनी प्रसाद जयसवालबीच आज भेटवार्ता भएको छ ।

    विशेष कामले मधेश प्रदेशको राजधानी जनकपुरबाट रौतहट आएका डिआईजि पोखरेल र गरुडा नगर प्रमुख जयसवालबीच गरुडा नगरपालिकाको कार्यालयमा शिष्टाचार भेटघाट भएको हो ।

    शुक्रवार दिउँसो आफनै कार्यकक्षमा नगर प्रमुख जयसवालले डिआईजि पोखरेललाई स्वागत गरेका थिए । भेटघाटको क्रममा दुबैजनाबीच गरुडा नगर सहित जिल्लाको शान्तिसुरक्षा, चोरी, तस्करी, गुण्डागर्दी एवं अपराध नियन्त्रण लगाएत विषयमा छलफल भएको बताइएको छ । आफनै कार्यकक्षमा प्रदेश प्रहरी प्रमुख पोखरेललाई स्वागत गर्ने र भेटने अवसर पाएकोमा आफुलाई निकै खुसी लागेको मेयर जयसवालले आफना फेसबुक आइडी मार्फत जानकारी दिएका हुन । भेटघाटको क्रममा मेयर जयसवालले यसै गरुडा नगरपालिकाको विर्तामा संचालित प्रहरी बोर्डिङ स्कुलमा नगरपालिकाबाट हुने हर प्रकारको सहयोग गर्न आफु सदैव तयार रहेको प्रतिबद्धता जनाएका छन् ।

    साथै आगामी दिनमा डिआईजी यज्ञ विनोद पोखरेलको नेतृत्वमा रहेका प्रदेश प्रहरीले रौतहट लगायत मधेस प्रदेशमै थप सुरक्षा व्यवस्थालाई चुस्त दुरुस्त राखि अपराधिक गतिविधी नियन्त्रण र नीति निर्देशन अनुरुप उत्कृष्ट एवं प्रशंसनिय ढंगबाट उच्च मनोबलका साथ कार्य सम्पादन गर्नेमा आफु पूर्णरुपमा विश्वस्त रहेको मेयर जयसवालले बिश्वास व्यक्त गरेका थिए । भेटघाटको क्रममा रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, रौतहट प्रहरी प्रमुख एसपी दिलिप घिमिरेको पनि सहभागिता रहेको थियो । अन्त्यमा मेयर जयसवालले आफ्नो जिम्मेवारीलाई बफादारिताका साथ निभाई, जनताको सुरक्षाको निम्ति तल्लिन आदरणीय ब्यक्तीत्वहरु मधेस प्रदेश प्रहरी प्रमुख डिआईजि यज्ञ बिनोद पोखरेल, शान्ति सुरक्षामा खट्नु हुने सुरक्षाकर्मीज्युलाई गरुडा नगरपालिकामा स्वागत गर्ने अवसर प्रदान भएकोमा उहाँहरुलाई धन्यवाद ज्ञापन गरेका छन् ।