राजकुमार यादव
मौलापुर नगरपालिका – २ मर्यादपुर स्थित एकिकृत दलित बस्तीमा बुधबार विहान भीषण आगलागी हुँदा ३ वटा घर पुर्णरुपमा जलेर नष्ट भएका छन्।
दलित बस्तीमा विहान करिब ४ बजे आगलगी हुँदा सो क्षति भएको मौलापुर ईलाका प्रहरीले जनाएको छ। स्थानीय जगदेव महारा चमारको गोठमा लामखुट्टे धपाउन धुवांको लागि आगो सल्काएको थियो । हावाको कारण आगो अनियन्त्रित भई एकपछि अर्को ३ वटा घर पुर्णरुपमा जलेर नष्ट भएका हुन् । समयमै आगो नियन्त्रणको उपायह हुन नसक्दा उक्त आगलगीमा स्थानीय रामचन्द्र महारा र ब्रहमदेव महारा चमारको घर जलेर नष्ट भएको प्रहरीले जानकारी दिएको छ।
उक्त आगलागीबाट घरमा रहेको एन्ड्रोईड मोबाई २ थान , सेलिङ्ग पाँखा ४ थान, सिलाई मसिन ४ थान र जागा जमिनको कागज लालपुर्जा सहित दुई लाख नगद रुपैया जलेर नष्ट भएको हो । महराको घरमा खाना पकाउने ग्यास सलेन्डर अगलगीमा पडकिदा ४ वटा बख्रा घटना स्थलमै जलेर मरेका छन् । आगलागीबाट पीडितहरुको घरमा रहेको नगद, जिन्सी, खाद्यान्न, लत्ताकपडा पूर्ण रुपमा जलेर नष्ट भएको र निजहरुलाई हाल रहने व्यवस्था नगरपालिकाले मिलाईने वडा २ का वडाध्य श्रीभगवान पटेल र नगर उप प्रमुख नागेन्द्र यादवले जनाएको हो ।
मौलापुर ईलाका प्रहरीबाट गएका टोली र स्थानीय बासिन्दाको प्रयासमा आगो करिब १ घण्टापछि विहान ५ बजे नियन्त्रणमा लिएको स्थानीय नेता राजेश रौनियारले बताए।
हावाहुरीका कारण आगो भिषण रुपमा फैलिएपछि एकिकृत दलित बस्तीका ३ घरपरिवार विचल्लीमा परेका छन्।
-
मौलापुर नगरपालिका ४ मा एकै घरमा आमा छोरीको शव फेला परे ।
- राजकुमार यादव रौतहट न्यूज़/ रौतहटको मौलापुर नगरपालिका ४ बौधा पतौरामा आमा छोरी सहित दुई जाना मृत अवस्थामा फेला परेको...
- विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरू बिच छलफल।
- कृषि मिटरको महसुल वाडकार्यालयले तिर्ने वडाअध्यक्ष साहको घोषणा
- माधव नारायण नगरपालिकाको पाँचौ नगर सभा सम्पन ,