• -राजकुमार यादव

    रौतहट न्यूज़ // मोटरसाइकल चोरको आतंकले सर्वसाधारण नागरीक मर्कामा परेका छन् । यसपटक मोटरसाइकिल चोरले प्रहरीलाई खुल्ला चुनौती दिएर एकै रातमा ३ वटा मोटरसाइकल चोरी गरेको छ ।

    मौलापुर नगरपालिका ५ मौलापुर बजार स्तित ईलाका प्रहरी कार्यालय अगाडी रहेको बद्री मार्केटबाट विहिवार राती तीन वटा मोटरसाइकल चोरी भएको हो । चोरी हुनेमा जिल्ला सर्लाही कड़ौना गाउँपालिका १ सुकचैनाका जयशंकर साहको प्रदेश २ – ०४-००१३७६५ नम्बरको (एफ जेड ) मोटरसाइकल त्यस्तै जिल्ला रौतहत चन्द्रपुर नगरपालिका ९ का दिपेन्द्र चौधरीको प्रदेश २ -०३-०१७७४७५ नम्बरको (एफ जेड) र पर्सा विरगंज महानगरपालिकाका राहुल कुमार कुशवाहाको प्रदेश २ -०३-१७२८६२ नम्बरको (आपाचे) मोटरसाइकल चोरी भएको मौलापुर ईलाका प्रहरीले जनाएका हुन् ।

    प्रहरीका अनुसार राती करिब २ देखी ३ बजेको करिबमा उक्त चोरी भएको हो । चोरी भएको प्रदेश २ – ०४-००१३७६५ नम्बरको मोटरसाइकल मौलापुर देखी गौर जाने सड़क खण्ड हनुमान मन्दिर भन्दा ५० मिटर अगाएडी भेटीएको छ । चोरी रहेका दुई वटा मोटरसाइकललाई खोजी भई रहेको प्रहरीले जनाए । उक्त घटना बारे छानबिनका लागि प्रहरीले शङ्काको भरमा ४ जानालाई हिरास्तमा लिएका छन् । घटनाबारे अनुसन्धान भइरहेको मौलापुर ईलाका प्रहरीले जनाएको छ ।