• -राजकुमार यादव

    रौतहटको कटहरिया नगरपालिकाका नगर प्रमुख अजय प्रकाश जैसवालले इन्धन भ्रष्टचार गरेको एक जाना कार्यलय सहयोगीले भिडियो सार्वजनिक गर्दै अरोप लगाएको छ ।

    कटहरिया नगरपालिकामा कार्यरत कार्यालय सहयोगी रामाकान्त पटेलले नगर प्रमुख जैसवालको निजि उधोग बाबा बैजुनाथ सुगर एण्ड केमिकल इण्डस्ट्रिज (चिनी उद्योग) मा कटहरिया नगरपालिकाको इन्धन दुरुपयोग भएको बताइएको हो । कार्यलय सहयोगी पटेलले आफू दिनहु चिनी उद्योगमा रहेको अनगिनत ट्रेक्टरमा नगरपालिकाबाट दिएको डिजेल हालेको सार्वजनिक भिडियो मार्फत खुल्लासा गरेका छन् । उक्त उद्योगमा तेल पुर्याउनेमा उनी आफै सहभागी भएको बताएका हुन्। कार्यालय सहयोगी पटेलको भिडियो सामाजीक सञ्जाल फेसबुकमा भाइरल बनेको छ।

    मेयर जैसवालको मात्र एक वर्षको कार्यकालमा सवारीसाधन मर्मतमा २५ लाख, नास्तामा १९ लाख, ईन्धन खर्चको नाउँमा ६७ लाख,८३ हजार,९३ रुपैया, डिपिआर शीर्षकमा ७५ लाख,६२ हजार,२९८ र कर्मचारीलाई प्रोत्साहन भत्ताको नाउँमा १२ लाख रुपैयाँ खर्च भएको उपमेयर रिता देवी यादवको श्रीमान जवाहर यादवले सार्वजनिक गरेका छन। कटहरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साहले तेल खर्चमा झन्डै ६८ लाख पारीत भएकाे स्वीकार्दै अन्य शीर्षकमा केहि तलमाथि हुने बताएका छन।

    नगरपालिका बाट डिपिआर शीर्षकमा मात्र ५० लाख रुपैयाँ छुट्याएका ले उक्त शीर्षकमा अन्याथ भएकाे बताएका छन।
    कटहरियाका मेयर अजयप्रकाश जैसवालले ६८ लाख देखाईएको तेल खर्चमा पूर्व मेयर सियाराम कुशवाहाको पालाको २० लाख बक्यौता रहेको जिकिर गरेका छन। तर कटहरिया ४ का वडाध्यक्ष चन्दन कुशवाहाले पूर्व मेयर कुशवाहाको पालाको तेलको खर्च यस अघीनै भुक्तान भएकाे बाताए । गत सांसदय निर्वाचनमा मेयर जैसवालको बुबा ओमप्रकास जैसवाल चुनाव लड्दा उनको चुनावमा अनधिकृत इन्धन खर्च भएको सोही इन्धन नगरपालिकामा देखाइएको कारण बढी भएकाे कुशवाहा दावी गरे।

    मेयर जैसवालका बुबा ओमप्रकास जैसवालले कटहरिया नगरपालिकामा कार्यरत कार्यालय सहयोगी रामाकान्त पतेल बिरामी परेर लामोसमयसम्म घरमा बसेको र त्यसको पनि तलव माग्दा नदिएको कारण मेयर लाई बदनाम गर्न षड्यन्त्र भइरहेको बताएका छन। उक्त समाचारको धेरै स्रोतहरु कटहरिया एफएमबाट लिएको हो ।