-राजकुमार यादव
रौतहट न्यूज़ // औषधी व्यवस्था विभाग शाखा कार्यालय विरगंजको निरीक्षण टोलीले रौतहटको मौलापुर नगरपालिका ५ मौलापुर बजारमा चार वटा औषधि पसल (फार्मेसीमा) सिलबन्दी गरेको छ।
औषधी व्यवस्था विभाग कार्यालय प्रमुख मुकेंद्र पंजियार , विभागका फार्मेसी अधिकृत सरफराज अहमद खाँ र जिल्ला प्रशासन कार्यालय एवं जिल्ला प्रहरी कार्यालयको संयुक्त खटिएको टोलिले औषधि पसलहरुको अनुगमनका क्रममा मापदण्ड विपरित संचालन भएको पाइएपछि ती औषधि पसलहरु सिल गरिएको अधिकृत खाँले जानकारी दिनुभयो ।
खाँका अनुसार सिलबन्दी गरिएका फार्मेसीमा श्री महादेव सेन्ट्रल हस्पिटल , शान्ति सेन्ट्रल हस्पिटल , श्री मौलापुर पोलिक्लिनिक र रोशनी सर्जिकल फार्मेसी रहेका छन्। ती औषधि पसलले दर्ता नगरी संचालन गरेको, दर्ता नभएको औषधिहरु संचय गरेको, रद्द भइ सकेको फार्मेसीको नामबाट कारोबार गरेको तथा नविकरण नरहेको र व्यवसायीको अनुपस्थितिमा संचालनमा ल्याएको पाइएपछि सिलबन्दी गरिएको हो। सिलबन्दी गरिएको उक्त औषधि पसलहरु गैरकानुनी रहेकोमा औषधि बिक्री वितरणमा रोक लगाएको हो |
औषधि व्यवस्था विभाग विरगंज शाखामा पर्याप्त जनशक्ति नहुँदा प्रभावकारीरूपमा अनुगमन हुनसकेको छैन। जनशक्तिको अभावमा बजारमा कम गुणस्तर, म्याद सकिएका, विभागमा दर्ता नभएका र चिकित्सक प्रमाणपत्रबिना बिक्री गर्न नपाइने औषधि बिक्री भइरहेको पाइन्छ।
-
मौलापुर नगरपालिका ४ मा एकै घरमा आमा छोरीको शव फेला परे ।
- राजकुमार यादव रौतहट न्यूज़/ रौतहटको मौलापुर नगरपालिका ४ बौधा पतौरामा आमा छोरी सहित दुई जाना मृत अवस्थामा फेला परेको...
- विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरू बिच छलफल।
- कृषि मिटरको महसुल वाडकार्यालयले तिर्ने वडाअध्यक्ष साहको घोषणा
- माधव नारायण नगरपालिकाको पाँचौ नगर सभा सम्पन ,