रौतहट न्यूज़ //
रौतहट ३ बाट निर्वाचित स्वतन्त्र सांसद प्रभु साहले नेपाल विद्युत प्राधिकरण सरकारको कानुनभन्दा बाहिर चलेको टिप्पणी गरेका छन् । आज (बुधबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै सांसद साहले रौतहटमा गत फागुन ६ गते शिवरात्रिको अवसरमा विद्युत प्राधिरकणले लाइन काटेको प्रसंग जोड्दै प्रश्न उठाएका हुन् ।
‘नेपाल विद्युत प्राधिकरण नेपाल सरकारको मातहतमा छ की छैन ? जान्न चाहन्छु । नेपाल सरकारकै कानुनअनुसार चलिरहेको छ वा कुनै एउटा गिरोहले चलाइरहेको छ ? विद्यृुत प्राधिकरणका एमडी नेपाल सरकारको कानुनभित्र छन् वा कानुनभन्दा माथि हो ? जान्न चाहन्छु । विद्युत प्राधिकरणका कर्मचारीलाई कानुन लाग्छ कि लाग्दैन ?,’ उनले प्रश्न गरे ।
शिवरात्रिको अवसरमा रौतहटको एक प्रचीन मन्दिरमा लगाइएको महायज्ञमा विद्युत काटिएको र प्रमुख जिल्ला अधिकारीले विद्युत काट्ने कर्मचारीमाथि छानविन गर्ने बताएपछि मात्रै विद्युत दिएको उनले बताए । सेवाग्राहीले कर्मचारीलाई सोध्न जाँदा आक्रमण भएको उनले बताए ।
त्यस्तै आम जनता पार्टीका रौतहट जिल्ला अध्यक्ष त्रिभुवन साह (अमर) र नेता ठागा दासले प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रालाई ज्ञापन पत्र बुझाएका छन् । फागुन ५ गते उपराष्ट्रपति नन्दकिशोर पुनको कार्यक्रम विथोल्ने उद्देश्यले नेपाल विद्युत प्राधिकरणको मौलापुर वितरण केन्द्रका प्रमुख अरुण साहले विभिन्न गलत क्रियाकलाप गरेको भन्दै नेता साहले ज्ञापन पत्र बुझाएका हुन् ।
गलत मनसायका वितरण केन्द्रका कर्मचारीहरुले कार्यक्रम स्थलमा विद्युत वितरण अस्तव्यस्त बनाई कार्यक्रम भद्दा बनाउन षड्यन्त्र गरेको र विगत केही दिनदेखि नै मौलापुर वितरण केन्द्रको फेसबुक पेजमा मधानी महायज्ञको विरुद्धमा स्टाटसहरु सेयर गरिएकोले पनि ती गतिविधिहरु योजनाबद्ध ढंगले गरिएको सो झापन पत्रमा उल्लेख रहेको छ ।
-
मौलापुर नगरपालिका ४ मा एकै घरमा आमा छोरीको शव फेला परे ।
- राजकुमार यादव रौतहट न्यूज़/ रौतहटको मौलापुर नगरपालिका ४ बौधा पतौरामा आमा छोरी सहित दुई जाना मृत अवस्थामा फेला परेको...
- विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरू बिच छलफल।
- कृषि मिटरको महसुल वाडकार्यालयले तिर्ने वडाअध्यक्ष साहको घोषणा
- माधव नारायण नगरपालिकाको पाँचौ नगर सभा सम्पन ,