• - राजकुमार यादव , ज्ञानेन्द्र कर्ण

    रौतहट न्यूज़// मौलापुर नगरपालिका ५ मौलापुर बजारमा आयोजित एक कार्यक्रम वीच शुक्रबार मध्यन मौलापुर नगरपालिकाकी नगर प्रमुख रीना कुमारी साहको प्रमुख आतिथ्यमा अपन साना किसान कृषि सहकारी संस्थाको सातौ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

    कार्यक्रममा विशिष्ट अतिथि मौलापुर नगरपालिकाका उप-नगर प्रमुख नागेन्द्र यादव , वाडाध्यक्ष चन्द्रशेखर साह , रामपुकार साह , महेश महतो कुशवहा निवर्तमान वाडाध्यक्ष बहिदार राउत कुर्मी , रामलाल साह , नेता ठागा दास लगायत विभिन्न तहका नेता कार्यकर्ता र स्थानीयको उपस्थिति रहेको थियो ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि साहले छरिएर रहेको पुँजी, सिप,ज्ञान र सिर्जनालाई एकत्रित गरेर उत्पादनको, बिकासको र स्वयम् रोजगारको काममा लगाउनु पर्ने बताए । सहकारीलाई अगाडी बढाउन एकजना ब्यक्तिको मात्र नभएर सबै सदस्यहरुको उत्तिकै भूमिका रहने बताउँदै साहले सबै सदस्यहरु मिलेर अगाडी बढ्न आग्रह गरेकी छिन् । त्यस्तै , यस सहकारी संस्थालाई नमुना सहकारीको रुपमा अगाडी बढाउन सके स्वावलम्बि र आर्थिक रुपमा अगाडी बढ्न सकिने उनको भनाई रहेको थियो ।

    यस अपन साना किसान कृषि सहकारी संस्था लि. मौलापुर ५ का सदस्यहरुको इच्छा, आशा अवश्यक्तालाई मध्यनजर गर्दै पूर्व मन्त्री तथा आम जानता पार्टी को अध्यक्ष माननीय श्री प्रभु साहको सहयोगी भूमिका र साना किसान कृषि सहकारी संस्था लि. सन्तपुर मटिवन रौतहटको अध्यक्ष ध्रुव प्रसाद कोइराला, प्रबन्धक मनोज चौधरीको अनुसरन तथा सहजिकरणबाट र यस संस्थापको संस्थापक अध्यक्ष राजन साहको पूर्ण सहयोग र मिहिनेतले नेपाल कृषि सहकारी केन्द्रीय संघ को प्राविधिक सहयोग र साना किसान बिकास बैंक तथा साना किसान विकास लघुवित बितिय संस्था इलाका कार्यालय हेटौडा को ऋण अनुदान सहयोगबाट हुरकिरहेको मौलापुर नगरपालिकाको विशेष गरी साना किसान, महिलाहरूको संस्था रहेको सातौ साधारण सभाका सभा अध्यक्ष श्रीमती मन्जु देवीले बताउनु भयो ।

    त्यस्तै यसले किसान उपभोक्ता, व्यपारी / व्यवसायी, र शिक्षामा आधुनिकीकरण, जस्ता अनेकौ आर्थिक, सामाजिक, सांस्कृतिक समस्यालाई न्यूनिकरण तथा समाधान गर्ने उद्देश्यले गरिब, साना किसान महिला शेयर धनीहरुको सामूहिक लगानीमा समाजमा छरिएर रहेका सानो पुँजीलाई एकिकृत गरी सहभागिताको माध्यमले कृषि तथा व्यवसायिक कारोवार गर्न र समाजमा रहेका आर्थिक, सामाजिक, सांस्कृतिक विविधता र असमानतालाई अन्त्य गर्नु को साथै संस्थामा आवद्ध रहेका सदस्य किसानहरुलाई विना भण्कट सहुलीयत ऋण लगायत विभिन्न सुविधाहरु उपलब्ध गराई जिवन स्तर उकास्ने, गरीबि न्युनिकरण गर्ने समवृद तथा समुन्त समाज निर्माण गर्ने भुमिका रहने छ । यस संस्थाले अगामि दिनमा शेयर धनी किसान सदस्यहरुको आवश्यक्ताको मध्य नजर गर्दै आधुनिक कृषि खेती, पशु पालन व्यवसायमा बृद्धि गर्न मासु तथा दुध जन्य सहनीयत ऋण, पशु विमा, बाली बिमा, शुद्ध कृषि उत्पादनकालागि आर्गेनिक मल खाद, माटो परिक्षण, विउविजन, औषधि वितरणका लागि उचित मुल्यको कृषि सहकारी पसल र प्राविधिक परिचालन गर्ने जस्ता सुविधाहरू दिने निर्णय लिएको श्रीमती मन्जु देवीले बाताइन् ।