- राजकुमार यादव
रौतहट न्यूज़ // रौतहट क्षेत्र न. ३ बाट निर्वाचित माननीय प्रभु साहले चुनाव लगतै शैक्षिक सुधारमा जुटेका हुन् । सार्वजनिक शैक्षिक संस्थाको भौतिक संरचना विकास, सिकाइ वातावरण सुधार र गुणस्तरीय शिक्षा सुनिश्चित गर्न सार्वजनिक शैक्षिक संस्थालाई विद्यार्थीको सिकाइका लागि रोजाइको केन्द्र बनाउने उद्देश्य लिई पूर्व मन्त्री साहले शैक्षिक सुधारमा जुटेका छन् ।
मौलापुर नगरपालिका स्थित वडा ८ र ९ मा रहेको श्री जनता माध्यमिक विधालय र श्री माध्यमिक विधालय गम्हरियाको अनुगमन गरिएको छ । श्री जनता मावि सोनरनियाँको प्रधानाध्यापक राजेन्द्र साहको सरुवा गर्नुपर्ने विधार्थीहरुले पूर्व मन्त्री साह संग मांग गरेको छ । प्रधानाध्यापकमाथि कक्षा १० र +2 का विधार्थीहरुले विभिन्न अरोप प्रतिरोप लगई सरुवाको मांग गरेका हुन् ।
राजनीतिक खिचातानीका कारण यहाँका केही अभिभावक विधालय अनुगमन गर्न न आएको देखिएको छ । श्री जनता मावि सोनरनियाँमा जसको छोरा छोरी पढ्दैन उसकै बुवा यस विधालयमा राजनीति गर्न खोज्दैछन् भन्नेर यहांका विधार्थीले अरोप लगाएका छन् ।
मावि सोनरनियाँका विधार्थीहरुले विभिन्न अरोप लगाउदै विधालय व्यवस्थापन समितिलाई पनि खरिज गर्ने मांग राखेको थियो । विधार्थीहरुको अरोप प्रतिरोप माथी ध्यान दिदै पूर्व मन्त्री साहले भने यस विधालयमा छानविन समिति गठन गरेर विधालयको समस्या टुंगो लगाउने बताएका हुन् ।
-
मौलापुर नगरपालिका ४ मा एकै घरमा आमा छोरीको शव फेला परे ।
- राजकुमार यादव रौतहट न्यूज़/ रौतहटको मौलापुर नगरपालिका ४ बौधा पतौरामा आमा छोरी सहित दुई जाना मृत अवस्थामा फेला परेको...
- विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरू बिच छलफल।
- कृषि मिटरको महसुल वाडकार्यालयले तिर्ने वडाअध्यक्ष साहको घोषणा
- माधव नारायण नगरपालिकाको पाँचौ नगर सभा सम्पन ,