• - राजकुमार यादव

    रौतहट न्यूज़/ रौतहटको कटहरिया नगरपालिकाको र फतुवा विजयपुर नगरपालिकामा पुर्वमन्त्री प्रभु साहको घरदैलो तथा अन्तरक्रिया कार्यक्रम संम्पन भएको छ ।

    रौतहट क्षेत्र नं.३ का प्रतिनिधी सभाका स्वतन्त्र उमेदवार प्रभु साहले आफनो निर्वाचन क्षेत्र नंं. ३ अन्तर्गत पर्ने कटहरिया नगरपालिकाको वडा ५ र फतुवा विजयपुर नगरपालिका अन्तर्गत गर्जा , भैसहीमा पनि अन्तरक्रिया कार्यक्रम बुधबार सम्पन्न भएको हो।

    अन्तरक्रिया कार्यक्रममा साहले चुनावपछि ओलीको प्रस्तावमा प्रचण्ड प्रधानमन्त्री र एमाले अध्यक्षलाई बर्खास्त गर्ने प्रभु साहले खुलासा गरेका छन् । त्यस्तै एमालेले जसपा संग गरेको अपबित्र गठबन्धनबाट आफु असन्तुष्ट रहेको भन्दै स्थायी कमिटी सदस्य जस्तो पद लाई त्याग गरी स्वतन्त्रबाट उमेदवारी दिएको साहले बताए । आफु कम्युनिस्ट आन्दोलन बाट राजनीति सुरु गरेको हुनाले कम्युनिस्ट  धार कहिले पनि न छोड्ने भन्दै यस भन्दा पहिले आफु संग रहेको एमालेका साथी प्रदेश सभा सदस्य रौतहट तीनका स्वातन्त्र (क) उम्मेदवार केशव राय चौधरी एवं (ख) का स्वातन्त्र उम्मेदवार कुन्दन कुशवहालाई मतदान गर्न साहले उपस्थित स्थानीय मतदाता संग आग्रह गरेका थिए।

    एक फरक प्रसंगमा उहाले आफु ३ साल मात्रै संसद मा रहदा यस क्षेत्रमा झनदै २ अरबको बिकाश ल्याएको बताउनु भयो। जनता को सुख दु:ख लगायत इद ,बकरीद ,होलि ,दिवाली सबै प्रकारको पर्व हरुमा जनता को घर दैलोमा पुगी खुसी अदान प्रदान गर्ने नेता आफु मात्र भएको हुनाले कांग्रस तथा जसपा एवम् स्वन्तन्त्र बाट उठेका ओम प्रकाश लाई साहले चुनौती दिनु भएको थियो।

    साहले  रौतहट क्षेत्र नं.३ बाट सत्ता गठबन्धनका नाममा प्रदेश सभा सदस्यका उमेदार जितेन्द्र यादव र नागेन्द्र यादवले सत्ता गठबन्धनको बिरुद्ध बागी उमेदवार ओमप्रकाश जयसवाललाई सर्मथन गरेको भन्दै उनीहरु को पछाडि नजान सम्पुर्ण मतदाताहरुलाई आग्रह गर्नु भएको थियोे । यस्तै हिमालिबासमा भएको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै पुर्व मन्त्री प्रभु साहले रौतहटको ईतिहासमा हिमालिबासको जनताले सधै परिवर्तनको पक्षमा लडाइँ लडदै आएको बताउनु भयो । साहले हिमालिबासको जनताले सधै साहको पक्षयमा लडदै आएको भन्दै आफु पनि हिमालिबासको लागि कहिले पनि पछाडी नहटने बताउनु भयो ।

    साहले रौतहटको जनता जितको बिजयको उत्सव मनाउने जिल्ला मात्र नभई बिभिन्न धर्मको लागि पनि उतस्व मनाउने जिल्लाको रुपमा रहेको बताउनु भयो । वहाले यसै रौतहटमा जानकी जन्मज्यानती, मधानी महा यज्ञ,लगाएत बिभिन्न धर्मको महोत्सव रौतहटबाटै शुरु भएको बताउदै , देशको परिर्वतन रौतहटबाट नै गर्न जरुरी रहेकाले त्यसको सुरुवात आफुबाट नै गरेको बताए ।

    उक्त कार्यक्रमलाई सम्बोधन गर्दै लोकतान्त्रिक समाजबादी पार्टी रौतहटका बरिस्ठ नेता रामप्रवेश दास तत्माले पाँच दलिय गठबन्धनका सझा उमेदवार प्रभु साह नै रहेको बताउनु भयो ।
    दासले रौतहट क्षेत्र नं. ३  र खास गरि मधेश प्रदेशको लागि प्रभु साह आजको आवश्यकता रहेको भन्दै दारु र मछलिको प्रलोभनमा नपरी प्रभु साहको चुनाव चिन्ह कल छापमा र बिधायक  पदका उमेदबार कुन्दन कुशवाहा लाइ लाल्टेन छापमा मतदान गर्नु उपस्थित सम्पूर्ण जनसमुदाय संग आग्रह गर्नु भयो । यो क्षेत्रमा बिकाशको गति दिने नेता प्रभु साहलाई नै जिताउन सबै मतदाता संग आग्रह गर्नु भयो ।

    नेता दासले सत्ता गठबन्धनका आधिकारीक उमेदवार प्रभु साह रहेको भन्दै कांग्रेसका प्रदेश सभा सदस्यका उमेदवार जितेन्द्र यादव र एकिकृत समाजबादीका प्रदेश सभा सदस्य उमेदवार नागेन्द्र यादवले नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधी एवं स्वतन्त्र उमेदवार ओमप्रकाश जयसवालको पक्षमा लागे पछि यी दुई नेताको पछाडी नजान उपस्थित सम्पुर्ण मतदाताहरुलाई आग्रह गर्नु भयो ।

    त्यस्तै नेकपा एकीकृत समाजबादी पार्टीका महिला नेतृ समिना हुसेनले आफनै पार्टीका केही उमेदवारहरुले पार्टीको निर्देशन विपरित लागेर खुल्ला प्रचारप्रसार गरेको भन्दै त्यसको पछाडि नलागन सम्पूर्ण मतदाता संग आग्रह गर्नु भएको छ ।
    वहाले  केही नेताले पार्टी अध्यक्षलाई मान्ने तर अध्यक्षले दिएको निर्देशन पैसाको लोभमा नमान्ने बिकाउ रहेकाले उनिहरुले भनेका कुरामा नपर्न सबै संग अनुरोध गर्नु भयो । नेतृ हुसेनले रौतहटको समग्र बिकासको लागि प्रभु साह जस्तो नेता पाउनु यस क्षेत्रका जनताहरु भाग्यमानी  रहेको बताउनु भयो ।

    हुसैनले सत्ता गठबन्धनको तर्फबाट प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा, माओबादी केन्द्रका अध्यक्ष प्रचण्ड, र आफनो पार्टी नेकपा एकिकृत समाजबादीका पार्टीका अध्यक्ष माधव कुमार नेपालले नै संयुक्त बिज्ञप्ती जारी गदै रौतहट  क्षेत्र नं.३ मा स्वतन्त्र उमेदवार प्रभु साहलाई जिताउन  गठबन्धनका कार्यकर्ताहरुलाई निर्देशन दिएको बताउनु भयो ।