-सागर ठाकुर
रौतहट न्यूज़//
रौतहट क्षेत्र ३ प्रतिनिधि सभा सदस्य पदका स्वतन्त्र उम्मेदवार पुर्व मन्त्री प्रभु साहले चलाएको स्वतन्त्र उमेदवार जिताउ अभियानलाई जनता समाजबादी पार्टीका जिल्ला अध्यक्ष पदबाट राजिनामा दिएका देवाही गोनाही नगरपालिकाका पूर्व नगर प्रमुख धर्मेन्द्र पटेलले दलबलका साथ सर्मथन गरेका छन् ।
जिल्लाको मौलापुर नगरपालिका वडा १ मर्यादपुरमा आयोजित घरदैलो तथा अन्तक्रिया कार्यक्रममा सहभागि हुदै पुर्व मेयर पटेलले स्वतन्त्र उम्मेदवार साहको हाथबाट माला र टिका लगाई स्वतन्त्र उम्मेदार जिताउ अभियान कार्यक्रमा सर्मथन जनाउदै वहा साह संगै अबको राजनितिक यात्रा शुरु गर्ने घोषणा गरेको हो ।
मर्यादपुरमा घरदैलो तथा अन्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेता पटेलले बिगत १५ साल देखि उपेन्द्र यादवको पार्टी मधेशी जन अधिकार फोरम परिवर्तन भई वर्तमान जसपाबाट फरक धारको राजनितिक गर्दै आएको भन्दै रौतहट जिल्लाको ईतिहासमा परिर्वतनको पक्ष्यमा सधै अगाडी बढदै आएको भन्दै फेरी पनि नया ढङ्खले अगाडी बढने ठोकुवा गर्नु भयो ।
नेता पटेलले रौतहटमा बिकाश र समृद्धिको यात्रामा सधै अगाडि बढाउने पात्रको रुपमा नेता प्रभु साह रहेको भन्दै वहाको स्वभियानमा आफु पनि निरन्तर सहयोग रहने बताउनु भयो । अहिलेको अवस्थामा चलिरहेको पार्टी परिवर्तण र चुनाव पश्चाको पार्टी परिवर्तणले फरक अनुभुती हुने भन्दै शुभ कार्यको शुरुआत आफुले चुनाव अघिनै गरेको बताए । देशमा अहिले दुई तहको चुनाव भईरहेको भन्दै प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारको हाथ बलियो बनाउन र देशलाई सहि दिशातर्फ अगाडी बढाउन आफु प्रभु साहलाई सर्मथन गरेको पटेलले बताए ।
स्वतन्त्र उमेदवार प्रभु साहले दुई दलले गरेको अपवित्र गठबन्धनबाट असहमति जनाउदै दिएको स्वतन्त्र उमेदवारीलाई सर्मथन गर्दै साथ र सहयोग गर्न कहिले पनि पछाडी नहटने प्रतिवद्धता जनाएका छन । आफु समाजिक संजालबाट दिएको राजिनामाले रौतहटमा प्रत्येक उमेदवारले राजनीतिमा नयाँ परिवर्तण भएको वहाले महसुस गरेको बताएका छन् ।
जसपा जिल्ला अध्यक्ष रहेका पटेल आफु बिगत १५ बर्ष देखि एउटा पार्टीको अध्यक्ष भई पार्टी प्रवेश कार्यक्रमलाई निरन्तता दिए पनि त्यसले खासै उपल्बधी नभएको बताउदै अबको यात्रा नया र फरक ढङ्खले शुरु गरिने बताउनु भएको हो।
उक्त कार्यक्रममा एकिकृत समाजबादी पार्टीकी केन्द्रिय सदस्य नेतृ समिना हुसैन,माओबादी केन्द्रका केन्द्रिय सदस्य वहीद अंसारी,सवतन्त्र उमेदवार जिताउ अभियानका जिल्ला संयोजक त्रिभुन साह अमर , कटहरिया नगरपालिकाका पुर्व नगर प्रमुख शियाराम कुशवाहा,मौलापुर नगर कमिटी अध्यक्ष नागेन्द्र साह, दलित नेता बिरचन रामको उपस्थिती रहेको थियो ।
नेता धर्मेन्द्र पटेलका अनुसार स्वतन्त्र उमेदवार प्रभु साहले घरदैलो कार्यक्रममा बोलाउदा आउने चाहना भए पनि ठुलो स्टेजनै बनाएर प्रवेश गराएको भन्दै त्यसबाट आफु अभारी नै भएको बताए । सो अवसरमा पुर्व नगर प्रमुख पटेलले आफ्ना दलबलका साथ प्रभु साहको स्वतन्त्र उमेदवार जिताउ अभियानमा सर्मथन जनाएका थिए । पुर्व मेयर पटेल संगै जसपाका वडा नं.७ का वडा अध्यक्ष प्रत्यासी बिरेन्द्र साह,वडा नं.५ का वडा प्रत्यासी लालबाबु यादव,नगर सदस्य बच्चेलाल यादव, पुर्व वडा सदस्य हरि शंकर जयसवाल,शंकर पंडित ,नगर कमिटी सदस्य महेन्द्र बैठम, भरत साह,रामाकान्त यादव,दिपेन्द्र जयसवाल, बुनिलाल महतो , छठु महतो,कुन्दन कुशवाहा, लगाएत दुई दर्जन भन्दा बढी नेता कार्यकर्ताहरु टिका र मला लगाई प्रभु साहको स्वतन्त्र उमेदार जिताउ अभियानमा प्रवेश गरेका हुन ।
-
मौलापुर नगरपालिका ४ मा एकै घरमा आमा छोरीको शव फेला परे ।
- राजकुमार यादव रौतहट न्यूज़/ रौतहटको मौलापुर नगरपालिका ४ बौधा पतौरामा आमा छोरी सहित दुई जाना मृत अवस्थामा फेला परेको...
- विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरू बिच छलफल।
- कृषि मिटरको महसुल वाडकार्यालयले तिर्ने वडाअध्यक्ष साहको घोषणा
- माधव नारायण नगरपालिकाको पाँचौ नगर सभा सम्पन ,