राजकुमार यादव
रौतहट न्यूज़ // नेकपा एमालेको टिकट छाडेर स्वतन्त्र उम्मेदावी दिएका प्रभु साहलाई सत्ता गठबन्धनले समर्थन गर्ने भएको छ ।
माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनका अनुसार प्रभु साह उठेको रौतहट-३ साहलाई समर्थन गर्ने निर्णय भएको छ ।सत्ता गठबन्धनको भागवण्डामा रौतहट ३ माओवादी केन्द्रको भागमा परेको थियो । सोही अनुसार माओवादी केन्द्रका तर्फबाट रवीन्द्र पटेल उम्मेदवार छन् । ‘पटेलजीलाई राजनीतिक रुपमा सम्झाएर प्रभु साहलाई समर्थन गर्ने निर्णय भएको छ।’ नेता पुनले अनलाइनमा खबर छ ।
प्रभु साहको राजनीति पृष्टभूमी
पुर्वमन्त्री साह रौतहट क्षेत्र नं. ३ बाट २०६४ देखी २०७४ सम्म लगतार संबिधान सभाको निर्वाचनमा निर्वाचित हुदै आएका हुन्। २०६४ संविधानसभाको चुनावमा उनी ११,६२५ मत , संविधानसभा निर्वाचन २०७० चुनावमा १३, ००९ मत ल्याएर निर्वाचित भएका साहले २०७४ मा प्रतिनिधि सभाको सदस्यको रूपमा रौतहट क्षे. ३ बाट निर्वाचित भएको थियो ।
२०६८ मा झलनाथ खनाल क्याबिनेट अन्तर्गत कानून र संवैधानिक मामिला मन्त्री पनि पाएका साहले २०७४ मा शेर बहादुर देउवा मन्त्रिपरिषद् अन्तर्गत शहरी विकास मन्त्री र भूमि व्यवस्थापन, सहकारी र गरीबी निवारण मन्त्री पनि पाएका पूर्व मन्त्री साहले ओली मन्त्रीपरिषदमा नेपाल सरकारको शहरी विकास मन्त्री पनि थिए ।आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि अध्यक्ष केपी शर्मा ओलीलाई जसपासँग चुनावी तालमेल नगर्न पटकपटक सचेत गराएपनि अध्यक्ष ओलीले प्रभु साहको सुझाव नमानेकाले साहले नेकपा एमालेको टिकट छाडेर स्वतन्त्र उम्मेदावरी दर्ता गराएका वहांको सल्लहकार विजय यादव निर्विजले बताए ।
-
मौलापुर नगरपालिका ४ मा एकै घरमा आमा छोरीको शव फेला परे ।
- राजकुमार यादव रौतहट न्यूज़/ रौतहटको मौलापुर नगरपालिका ४ बौधा पतौरामा आमा छोरी सहित दुई जाना मृत अवस्थामा फेला परेको...
- विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरू बिच छलफल।
- कृषि मिटरको महसुल वाडकार्यालयले तिर्ने वडाअध्यक्ष साहको घोषणा
- माधव नारायण नगरपालिकाको पाँचौ नगर सभा सम्पन ,