राजकुमार यादव
रौतहट न्यूज़// पर्सा जिल्लाको ठोरी गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाईकल चालकको मृत्यु भएको छ।
शिकारीबास बाट निर्मलबस्ती जाँदै गरेको प्रदेश २-०३-०११प १४८४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिएदा बिरगंज महानगरपालिका वडा नं. ९ का वाडासचिव ४६ वर्षिय जगतदीप विष्टको घटना स्थलमै मृत्युु भएको ईलाका प्रहरी कार्यलय ठोरीले जनकारी दिनु भएको हो ।
हुलाकी सडक आइपुग्नै लाग्दा हुलाकी सडक खण्ड भन्दा करीब २०० मिटर उत्तर तर्फ कच्ची बाटोमा बुधबार अपरान्ह २ बजेको करिबमा मोटरसाइकल दुर्घटना हुँदा घटना स्थलमै विष्टको मृत्यु भएको हो । मृतकको शव परिक्षणको लागि नारायणी अस्पताल पठाइएको र घटना बारे थप्प अनुसन्धान भई रहेको ईलाका प्रहरी कार्यलय ठोरीले जनाएको छ ।
-
मौलापुर नगरपालिका ४ मा एकै घरमा आमा छोरीको शव फेला परे ।
- राजकुमार यादव रौतहट न्यूज़/ रौतहटको मौलापुर नगरपालिका ४ बौधा पतौरामा आमा छोरी सहित दुई जाना मृत अवस्थामा फेला परेको...
- विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरू बिच छलफल।
- कृषि मिटरको महसुल वाडकार्यालयले तिर्ने वडाअध्यक्ष साहको घोषणा
- माधव नारायण नगरपालिकाको पाँचौ नगर सभा सम्पन ,