• राजकुमार यादव

    रौतहट न्यूज़// रौतहटबाट नेकपा माओवादी केन्द्रका एक नगर सचिव र देवाही गोनाही नगरपालिकाका नम्बर ६ का वाडाध्यक्ष प्रत्यासी पवन ठाकुरले माओवादी पार्टी परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेको छ ।

    मंगलबार बिहान नेकपा एमालेका स्थायी समिती सदस्य तथा पुर्वमन्त्री प्रभु साहको हातबाट टिका लगाई ठाकुर पार्टीमा प्रवेश गर्नु भयो । नव प्रवेशीठाकुरलाई पुर्वमन्त्री साहले टिका र माला लगाई पार्टीमा स्वागत गर्नु भएको थियो । देवाही गोनाही नगरपालिकाका नगर प्रमुख प्रेमलाल साहको बिषेश पहलमा ठाकुरले एमालेमा प्रवेश गरेको छ ।

    त्यस्तै पूर्व मंन्त्री प्रभु साहको पहलमा नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली निवास सोमबार बालकोट पुगेका रौतहटको विभिन्न पार्टीका नेता-कार्यकर्तालाई पूर्वप्रधानमन्त्री ओलीले पार्टी प्रवेश गराउनु भएको थियो।

    नेकपा माओवादी केन्द्रका मधेश प्रदेश कमिटी सदस्य प्रदिप पटेल , जसपाबाट राजपुर नगरपालिकाका मेयर प्रत्याशी मो. जैद राजा, नेपाली कांग्रेसबाट राजन उप्रेती लगायतका नेताहरु लाई पूर्व मन्त्री साहले प्रवेश गर्नु भएको थियो । बिभिन्न पार्टीबाट एमाले पार्टीमा प्रवेश गर्ने सबै नवप्रवेशीहरुलाई एकमुष्ट पूर्व मन्त्री साहले पार्टीमा हार्दिक स्वागत, बधाई तथा सफल राजनीतिक भविष्यको भव्य शुभकामना व्यक्त गर्नु भएको थियो ।पछिलो समय देखी मधेश प्रदेश र खास गरि रौतहट जिल्लामा एमाले प्रवेश गर्नेको लहर नै चलेको देखिएको छ ।