• रौतहट न्यूज़// मौलापुर नगरपालिकामा निर्माणाधिन अवस्थामा रहेको शहिद स्मृती बहुउदेशीय भवन निर्माणमा ठेकेदारले गुणस्तरहीन सामाग्री प्रयोग गरीरहेको पाईएको छ ।

    स्मृती बहुउदेशीय भवन

    मौलापुर नगरपालिकाकी नगर प्रमुख रिना कुमारी साहको नेतृत्वमा गएको अनुगमन टोलीले भवन निर्माणमा गुणस्तरहीन सामाग्री प्रयोग भईरहेको फेला पारेको हो ।निर्माण स्थलमा माटो मिसिएको बालुवा, गुणस्तरहीन सिमेन्ट, फोहोर गिट्टी प्रयोग भईरहेको पाईएको मौलापुर नगरपालिकाकी नगर प्रमुख साहले बताईन ।

    शहरी डिभिजन कार्यालय बीरगंजको निगरानीमा निर्माण भईरहेको भवनमा गुणस्तहीन सामाग्री प्रयोग भईरहेको गुनासो आएपछि नगरपालिकाबाट अनुगन गरिएको उहाले जानकारी दिनु भयो । भवन निर्माण कार्यमा ठेकेदारलाई गुणस्तीय सामाग्री प्रयोग गर्न र आईन्दा यस्तो गल्ती नदोहो¥याउन अनुगमन टोलीले निर्देशन समेत दिएको छ ।


    ३२ करोडको लागत ईष्टीमेट रहेको उक्त आयोजनाको २०७४ चैत २७ गते एक समारोहबीच पुर्व मन्त्री प्रभु साहले शिलान्याश गर्नु भएको थियो । शिवशक्ती धनञ्जय चौधरी कन्ट्रक्सनले २१ करोड ५७ लाखमा भ्याट बाहेकमा ठेक्का साकार गरी निर्माण कार्य सुरु गरेको थियो । २०७६ चैत २८ गते सम्ममा निर्माण सम्पन्न गर्नु पर्ने भएपनि विभिन्न कारणले निर्माण कार्य सम्पन्न नभएपछि शहरी भवन डिभिजन कार्यालय बीरगंजले म्याद थपेको थियो । थपिएको म्याद अनुसार २०७८ मंसिर सम्ममा निर्माण कार्य सम्पन्न गर्नु पर्ने ठेकेदार कम्पनीका संचालक उपेन्द्र चौधरीले जानकारी दिए ।ठेक्का साकार गरेको कम्नीले अहिले पेटी ठेक्कामा भारतिय ठेकेदार मार्फत भवन निर्माणको काम गराईरहेको श्रोतले जनाएको छ ।


    अनुगमन टोलीमा पुर्व शहरी विकास मन्त्री प्रभु साह, निवर्तमान प्रदेश साँसद कुन्दन कुशवाहा, नेकपा एमाले रौतहटका जिल्ला अध्यक्ष त्रिभुवन साह (अमर), मौलापुर नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत रामबाबु साह, नेकपा एमालेका नगर अध्यक्ष नागेन्द्र साह लगायतको सहभागिता थियो ।