• राजकुमार यादव

    रौतहट न्यूज़// रौतहट जिल्लाको मौलापुर नगरपालिका, मर्यादपुर निवासी शुम्भनाथ तिवारी, उनको भाई द्वारिकानाथ तिवारी र आमा विन्दुमति तिवारी माथि भएको सांघातिक आक्रमणको भर्तसना गर्दै कडा कारवाहीको माग गरेको छ ।

    सोमबार बेलुकी ५ बजेको करिबमा मर्यादपुरका स्थानीय तिवारी सहित ३ जनामाथि सांघातिक आक्रमण भएको थियो र  उनीहरू लाई उपचारका लागि विरगंज लगिएको छ । घटनापछि नेकपा एमाले स्थाई कमिटी सदस्य तथा पूर्वा मंत्री प्रभु साह  उक्त घटना ज्यान लिने उद्देश्यले भएको भन्दै घटनाका दोषीलाई तुरुन्त गिरफ्तार गरी कडा कारवाही गर्न गृह प्रशासनसंग आग्रह गरेका छन् । यता रौतहट क्षेत्र नम्बर ३ का सांसदसमेत रहेका नेता साहले समाजिक सञ्जाल फेसबूक मार्फत भनेका छन् ।

    उनी थप्छन, यसरी ज्यान मार्ने उद्देश्यले मर्यादपुरमा पटक पटक सर्वसाधारण व्यक्तिहरुमाथि सांघातिक हमलाको घटना दोहरी रहदा पनि स्थानीय प्रहरी-प्रशासनले कुनै ठोस कदम चाल्न नसक्नु खेद/आपत्तिजनक विषय हो । आजको २१औं शताब्दीमा पनि लोकतन्त्र एवं कानूनी राज्यको यसरी खुलेआम उपहास उड्उने घटनाको घोर निन्दा गर्दै घटनामा संलग्न दोषी-अपराधीहरु जोसुकै भएतापनि निजलाई तत्काल कानूनी दायरामा ल्याई हदैसम्मको कारवाही गर्न गृह प्रशासनसंग जोडदार  माग गर्दै घटनाबाट पीड़ित घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना समेत गर्दछु ।