• सिकिन्द्र साह

    रौतहट न्यूज़ / बारा जिल्लाकाे सिम्रौनगढ नगरपालिकामा नेपाली कांग्रेसको पार्टी प्रबेश कार्यक्रम सम्पन्न भएको छ।

    नेपाली कांग्रेसका संघीय सरकारकाे गृहमन्त्री बालकृष्ण खाडकाे प्रमुख आतिथ्यमा भएको कार्यक्रममा स्वर्गीय भागवत प्रसाद यादवको सालिकमा अनावरण गरेकाे थिए। कार्यक्रममा गृहमन्त्रीले बोल्दै कम्युनिष्ट र मधेशवादी दलले देश र प्रदेश चलाउन नसकेर अहिले नेपाली कांग्रेसले देश चलाई रहेको बताउनु भयो। प्रजातन्त्र प्राप्त गर्नको लागि विभिन्न काल खण्डमा भागवत प्रसाद यादव अनुप सहनी गणेशमान सिंह बिपि काेइराला गिरिजा प्रसाद कोइराला इतिहास नै रचेकाे छ। भने नायाँ पिढिलाई बुझनु पर्न  आवश्यकता रहेको बताए।

    उन्चालिस दिन पछि देशमा स्थानिय चुनाव हुन गइरहेकाे छ। लोकतान्त्रिक शक्तिलाई अझ बलियाे बनाउनकाे लागि नेपाली कांग्रेसलाई निर्वाचित गराउन आग्रह समेत गरेका छन् । सो कार्यक्रममा सिम्रौनगढ नगरपालिकाकाे विभिन्न वाडाबाट पार्टी परित्याग गरि १२०० सय जना नेपाली कांग्रेसमा प्रवेश गरेको हो ।लाेेसपाबाट निर्वाचित उपमेयर रिमा देवी कुशवाहा लाेसपा केन्द्रीय सदस्य माेहन प्रसाद कुशवाहा जसपा वाडा प्रत्यासी राजकुमार यादव लाेसपा कार्यपालिका सदस्य ओमप्रकास ठाकुर लाेसपा वाडा अध्यक्ष रमेश प्रसाद कुशवाहा एमालेबाट लाेकनाथ पटेल जसपा बाट रामएकवाल प्रसाद यादवले कांग्रेसमा प्रवेश गरेकाे थिए। नवप्रवेशी कार्यकर्ताहरुलाई नगर प्रमुख बिजय शंकर यादव खाने पानी मन्त्री उमाकान्त चौधरी पुर्ब मन्त्री फर्मुलाह मन्सुर जिल्ला सभापति राजेस राय यादव र चन्द्रशेखर राय यादवले खादा ओढाइ स्वागत गरेकाे थिए।