-राजकुमार यादव
रौतहट न्यूज़// नेकपा एमालेनिकट पत्रकारहरूको संगठन प्रेस चौतारी नेपाल रौतहट शाखाको ७ औं जिल्ला अधिवेशन आज सम्पन्न भएको छ। अधिबेशनले पुन: उत्तम कुमार उपाध्य (आदर्श) को अध्यक्षता रहने गरी १९ सदस्यीय कार्य समिति सर्वसम्मतिबाट चयन भएको हो ।
समितिको उपाध्यक्षद्धयमा नन्दभुसन श्रीवास्तव र मंजु मानन्धर ,सचिवमा मुकेश कुमार साह ,सहसचिवमा राकेश यादव र रामप्रबेश बैठा तथा कोषाध्यक्षमा अमृत सापकोटा चयन हुनु भएको छ । सदस्यहरुमा रमेश जयसवाल ,राजकुमार यादव, कल्याणी झा, रामशरण यादव, सागर ठाकुर,स्मिथ रजक, आर. के श्रीवास्तव लगायत रहनु भएको छ । नयाँ कार्य समितिलाइ प्रेस चौतारी नेपालका प्रदेश अध्यक्ष फणी महतले बधाई ज्ञापन गर्दै संस्थालाइ सुदृढ,,बलियो र प्रभावकारी पेशागत संगठन बनाउने कार्यमा नयाँ कार्य समिति अग्रसर हुनुपर्ने बताउनुभयो ।७ औं जिल्ला अधिबेशनामा उहाले पत्रकारिता क्षेत्रमा नयाँ आयाम ल्याउने कार्यमा प्रेश चौतारी नेपालको नयाँ कार्य समिति सफल हुने बिश्वास लिनुभयो ।
रौतहटको चन्द्रपुरमा अवस्थित होटल आरोहीमा सम्पन्न कार्यक्रमको संचालन प्रेस चौतारीका निवर्तमान सचिव बाल बिक्रम कार्कीले गर्नु भएको थियो। कार्यक्रममा प्रमुख अतिथिमा प्रेस चौतारी नेपाल मधेश प्रदेश संयोजक फणी महत, विशिष्ट नेपाल पत्रकार महासंघ मधेस प्रदेश सदस्य शैलेन्द्र झा,प्रेस चौतारी नेपाल केन्द्रीय लेखा समिति सदस्य रमेश तिमल्सिना,नेपाल पत्रकार महासंघ रौतहट शाखा पूर्व उपाध्यक्ष एवम् नेपाल खेलकुद महासंघ स्थायी कमिटी सदस्य अशोक पहाडी,प्रेस युनियन रौतहट जिल्ला अध्यक्ष यादव राज पुरी,प्रेस सेन्टर रौतहट जिल्ला अध्यक्ष डिल्ली बहादुर कार्की (सुब्बा),बरिष्ठ पत्रकार संजय मिश्रा तथा नेकपा एमाले चन्द्रपुर नगर कमिटी उपाध्यक्ष, राजेन्द्र तिवारी लगायतको आतिथ्यता रहेको थियो । प्रेस चौतारी रौतहट शाखाले २४औं स्थापन दिवस समेत मनाएका छन् ।
-
मौलापुर नगरपालिका ४ मा एकै घरमा आमा छोरीको शव फेला परे ।
- राजकुमार यादव रौतहट न्यूज़/ रौतहटको मौलापुर नगरपालिका ४ बौधा पतौरामा आमा छोरी सहित दुई जाना मृत अवस्थामा फेला परेको...
- विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरू बिच छलफल।
- कृषि मिटरको महसुल वाडकार्यालयले तिर्ने वडाअध्यक्ष साहको घोषणा
- माधव नारायण नगरपालिकाको पाँचौ नगर सभा सम्पन ,