• राजकुमार यादव

    रौतहट न्यूज़// ईश्वरपुर नगरपालिकामा प्रहरी गस्तीमा हिँडेको प्रहरी भ्यानको ठक्करबाट रामकुमार महतोले अल्पायुमैं ज्यान गुमाएका महतो प्रति पूर्व मंत्री प्रभु साहले श्रद्धाञ्जली व्यक्त गर्दै जिल्ला प्रहरी प्रमुख र सम्बन्धित ईप्रकाका ईन्चार्जलाई तत्काल निलम्बन गर्न मांग गरेका छन्।

    पूर्व मंत्री साहले रहस्यमयी दुखद घटना भएको भन्दै सरोकारवाला पक्षको गम्भीर ध्यानाकर्षण गराउनु भएको हो । न्यायको लागि शान्तिपूर्ण सडक संघर्ष गरिरहेको सन्दर्भमा पीडित पक्षसंग वार्ता संवाद/छलफलको माध्यमले समस्याको हल खोज्नुको सट्टा प्रहरी प्रशासनले उल्टै अनुचित रुपमा बल प्रयोग गरी पीडित पक्षलाई थप उतेजित एवं मर्माहत बनाउने तथा कर्फ्यू/निशेधाज्ञा जारी गरेर अनावश्यक भय/त्रासको अवस्था सृजना गर्न निर्दोष एवं लाचार स्थानीयवासीहरुको जीउधनमाथि धब्बा बोली स्थानीय प्रहरी प्रशासनले गरिरहेको जंगलराजको हर्कतप्रति घोर निन्दा व्यक्त गर्दछु । भन्दै साहको फेसबुक पेजमा पोष्ट रहेको छ।

    सर्लाही प्रहरीद्वारा भई रहेको यस हर्कतले सिङ्गो प्रहरी संगठनलाई नै बदनाम गराउने तथा प्रहरी प्रशासनप्रति आमजनताको विश्वास गुम्ने भएकोले जिल्ला प्रहरी प्रमुख र सम्बन्धित ईप्रकाका ईन्चार्जलाई तत्काल निलम्बन गर्न र घटनाको निश्पक्ष रुपमा छानबीन गरी तत्काल पीडित पक्षलाई राहत एवं दोषीलाई कार्यवाही गर्न गृह मन्त्रालय सहित नेपाल सरकारसंग साहले जोडदार माग गरेका छन्।